उदय निरौला

दिनहरू ब्यतित हुँदै जान्छन् ।उमेरले सिँढी चड्दै जान्छ।इतिहास भविष्यलाई पछ्याउन छाड्दैन।बर्तमान नै कालान्तरमा इतिहास बन्छ।सँसारको नियम हो यो ।आकस्मिक कैयौँ सँयोगहरू आउँछन् ,जान्छन् र कति नछुट्नु पर्ने अवशरहरू छुट्छन्।नियतिलाई जित्न मानिस सक्तैन ।यात्रामा घुम्ती पनि आउँछ,पच्याङ पनि छाडिन्छ अनि बढ्दो उमेरमा अनेकौं उमिदहरू अनेकौं महत्ताकाँक्षाहरूले पछ्याउँदै जान्छ कतिमा सफलता मिल्छ कति उसै जान्छन् कति मानिसहरू सफलतालाई

भेट्छन् ,द्यौराली चड्छन् र पाती चडाँउछन्, कति बीचमै थान्का लाग्छन् अनि कतित अलमलमा हराँउछन् पनि ।

एउटैे पिताका छोराछोरी कोही राजा,कोही काजी ,कोही किसान,कोही मजदुर पनि बन्छन्।नेपालकै इतिहासमा कृष्ण प्रसाद कोईरालाका तीनमा तीन पुत्र नेपालको प्रधानमन्त्री बनेको इतिहास छँदैछ ।यस्ता भाग्यमानी पिता र पुत्रहरू सबैका नहुन सक्छन् ।

सँझनाहरू तरेलीपरेर आइदिन्छन्।एउटा सिँङगो मुलुकको उन्नतिकालागि सानो गाँउबाट उन्नति सुरुहुँदै सबै गाँउहरू समुन्नत भए सिँगो देश बन्ने हो ।म पनि गाँउको मान्छे अनि सबै गाँउकै मान्छे ,राजधानी पनि एउटा गाँउनै थियो ,उन्नतिको आमदब्लङको आरोहणमा नगर भएर शहर र अन्तमा राजधानी भयो ।तसर्थ हामीहरू सबै गाउँलेहरू नै हौँ ।गाँउका नामहरू मात्र फरक वातावरणमात्र फरक अनि थोरै भूगोल मात्र फरक,हाम्रो भाषा र रहन सहन त सबैको उही र उस्तै हो। भाषिका अलिकति अलग हुनु दुरीको पहिचान भयो ।नत्र सबै हामी नेपाली उस्तै हौँ ।मात्रै बर्ग फरक भयो कोही राजा बने कोही काजी बने कोही रैती बने बस् फरक यत्ति नै हो ।

हाम्रो तत्कालीन गाउँ पँञ्चायत सुदुर पुर्वको नामसालिङ हो ।भौगोलिक दृष्टिले इलाम पुर्व माईखोला पुर्व,जोगमई उत्तर सोयाङ गाउँ दक्षिण, प्रेमेजुङ पश्चिमको समथर हुँदै हुँदै ओर्लेको र नयाँबजारतिर उठेको पहाडको पारिलो पाटो जाडोमा रमाइलो र चैत,बैशाखमा उराठिलो भेग।बाहुन देवान क्षत्री सबै जात बसेको तर जातकै कारण कोही तल नपरेको बिकशित पाराको रहनसहन भएको ,उताको दार्जिलिङको हावाले भेटेको गजवको गाँउ नै हो नामसालिङ।वर्तमान नेपालको शिक्षाको प्रतिशत त नामसालिङमा२०२३र२४सालतिर नै थियो ।गजवको सँयोग चैँ मनोरथ नेपाल आसाममा भैंसी र गाई पालेर बसेका बखत घुम्दै आसाम आँउदा ९कृष्ण प्रसाद ०ूकृष्ण प्रसादकोईरालाले तपाईं हाम्रा छोराहरूपनि नेपालमा कुनै दिन ठुलै मान्छे हुनेछन् ूभनेर कुरा गर्नुहुन्थ्यो रे नभन्दै त्यो सँयोगबस मिल्न गयो ।वहाँहरू उमेरले समकालीन नै हुनुहुन्थ्यो रे।यो भनाइ मनोरथ नेपालबा स्वयँको हो ।

।त्यस्तो गाउँ पँचायतको प्रमुख हुने होडमा धेरैले ताकेको हुन्थ्यो २०२२र२३सालतिर ।एउटै पिताका छ भाइ छोरा र एकछोरी भए।पिता मनोरथ नेपालका।जेठा आसाम गए,पछि कमाईधमाई शिक्षा आर्जन राम्रो गरेर आएर पछिल्लो कालमा पँचायतको आखिरिमा प्रधानपँञ्च भए। नामसालिङको वहाँलाई मैले देखेको त होला सँझना छैन र साँच्चिकै चिनाजाना पनि छैन।माईला तिर्थराज नेपाललाई म २०२९सालदेखि नै चिन्दछु वहाँ ऐले छयासी पुगेर सत्तासी बर्षको हुनुभयो ।साँईला होमनाथ नेपाललाई मैले २०३५सालमा जमलको त्रि।बि।बि।को अफिसको हाकिम हुँदा चिनेको हो ।काँईला देबी प्रसाद नेपाललाई मैले२०३९सालको माघ महिनामा वहाँकै घर बिराटनगर पानी ट्याँङ्कीमा चिनेको हो ।अन्तरे खेमराज नेपाल नेपालको निजामती सेवामा सचिव पदबाट रिटायर्ड हुनुभयो वहाँलाई मैले २०२८सालमा चिनेको वहाँकै घरमा।छुटेछ काँईला नेपाल राष्ट्र बैंकको सेकेन्ड क्लाससम्म भई रिटायर्ड।कान्छा खग प्रसाद नेपाल पनि नेपाल सरकारको निजामती सेवामा उपसचिव भएर रिटायर्ड।यसरी सबै छोरहरू एकसे एक बिद्वान र दरजा प्राप्त गर्ने सबै पिताहरूका कहाँ हुन्छन् ररुछनत छन् काभ्रेका मैनली,स्याङ्जा का रेग्मीहरू पनि छन्, अरू पनि होलान् ।तर सारै थोरै १प्रतिशत पनि हुँदैनन् ।यस्ता पिता जसले फेरि लामो आयु पाएर जीवनमा सबै सन्तानको उन्नति र प्रगति पनि देख्न पाउनु त अझ बिरलै हुन्छ।वहाँहरूका पिताश्री मनोरथ नेपालले सुख पुर्वक सबै छोराहरूको सुखको भोग गर्नुभयो र अन्तमा मरण पनि सजिलोसँग भयो ।आरोह अवरोहका गग्ल्याँटे र फलाँटे भीर पहरा नछिचोली समथर हिँड्न पाँउनु ठूलो अहोभाग्य हो ।राजामहाराजाहरूले पनि अनेकौं मरणान्त परिस्थिति झेलेका हुन्छन् जो साक्षी इतिहास छँदैछ।यस्ता एउटा देशको नागरिक हुनु सायद ठूलो पुण्य नै होला ।

अब म लेखनको उदेश्यतिर लाग्छु ।पञ्चायतकालमा २०२३को गाउँ पञ्चाय निर्वाचनमा देबी भक्त ढकाललाई हराएर तिर्थराज नेपाल नामसालिङ गाउँ पञ्चायतको प्रधानपञ्च बिजयी भएपछि सर्व प्रथम वहाँले गाउँ पञ्चायत भवन बनाएको ,शुक्रबारे बजारमा खानेपानी ल्याएको वहाँका कामहरू भन्छन् मानिसहरू ।त्यतिबेला जम्मा कार्यकाल दुई बर्षको मात्र रहेछ।त्यस पछि फेरि वहाँलाई तलतिरका छत्रबहादुर देवान,बलबहादुर देवानहरूले तपाईं नै नउठी बिकास हुँदैन भनेर यहाखा देवानहरूले धेरै कर गरेकाले वहाँ पुन २०२७सालको निर्वाचनमा पनि प्रधानपञ्च हुनुभएको थियोे ।त्यतिबेला पञ्चायतको प्रधानपञ्च हुनुभनेको चैँ फगत मानका लागि मान मात्र कुनै तलव भत्ताको र पैसाको बन्दोबस्ती हुदैन थियोे ।सेवाभाव राखेर कार्य गर्नु पर्ने ।तसर्थ स्वयँसेवक जस्तो ।फेरि नामसालिङमा गाँउपञ्चायतको आम्दानी भनेको चन्दा बाहेक केही नहुने ।चन्दा कतिपटक कति माग्नु।सचिवको तलव पनि सरकारले नदिने त्यस्तो मुस्किलको सामना गर्दै भए पनि गोर्खेजाने बाटो निर्माण,अनि माई सम्म इलामजाने सडक बनाएर ढकाल बन्धुहरूकै गाडी कुदाएको खोलामा सायद धुलेपुलहालेरहोला इलनम गाडी पुर्‍याउने प्रयास भएको अनि थुप्रै गोडेँटा,घोडेँटाहरूको मर्मत सँभारकोकाम ,कुलो निर्माणकार्य ,स्कुलहरूका भवनका मर्मत सँभार,यस्तै कामहरू वहाँले गराउनुभएको चैँ मलाई पनि अलिअलि थाहा छ।त्यतिबेलाका प्रधानपञ्चहरू खालि गाँउका समस्याहरू समधानगर्ने ,झैझगडाहरू मिलाउने ,जस्ले जताबोलाँउछत्यतै जानै पर्ने हुँदा बास्तवमा दुखि हुन्थे,ऐलेका जस्ता टाईसुट लाएर कुर्सीमा खुट्टा हल्लाउँदै ,जुँगा मुसार्दै ठाँटले बस्ने कहाँ हुन्थे ररु।ऐले जस्तो सरकारले बजेट दिने अनि ठेक्का पट्टामा कमिसन खाने ,घुसखाने भन्ने त कुरै हुँदैन थियोे ।निश्वार्थ सेवा गर्नुपर्थ्यो।घुसखाएको सुँइको मात्र पाए त अञ्चलाधीशले नराम्रो कारवाही गर्थे,सिडिओ।सभापति ,सबै राजासँग डराउने र इमानदार भएर नैतिकताकासाथ काम गर्थे।राजाको शासन ब्यवस्था बिग्रेको गाँउफर्के आएपछि मात्रै हो ।त्यस्तो बेलामा तिर्थराज दाईले नामसालिङ बासीहरूको सेवा पुर्‍याएकोले वहाँलाई पुराना मानिसहरू अझ पनि देउता मान्छन् ।बिद्यालयको सँञ्चालक समितिमा रहेर पनि वहाँले कार्य गर्नुभयो ।वहाँकै पालामा पश्चिमी किनाराको र उत्तरी किनाराको बिद्यालय भवन बनेको हो। त्यतिबेला म कक्षा सात भर्खर पास गरेर आठमा जानलागेको थिएँ।२०३१को निर्वाचनमा वहाँ उमेदवार हुनुभएन र मित्रमणि ढकाल दाइ त्याहाँको प्रधान पञ्च बन्नुभयो।प्रधापञ्च वहाँ१ हामी साना मान्छेलाई पनि केछरुकसोछरुसोध्ने ,नहाँसी नबोल्ने त्यो मुस्कान र एकप्रकारको वहाँको निर्दोषि बोलीबचन अनि सबैलाई गर्ने सँन्तुलित प्रेमको व्यवहार ऐले पनि मलाई ताजै हिजो जस्तो याद आउँछ।

त्यसपछि तिर्थराजदाजु आफ्नो घर वयवहारमा लाग्नुभयो।वहाँका जेठाछोरा ललित नेपाल म भन्दा एक बर्ष पढन जुनियर थिए।पछि उनले पुल्चोक ईन्जिनियरिङ कलेज पढेर ईन्जिनियर भए ।सरकारी जागिरबाट राजिनामा दिएर ऐले उनी उता अमेरिका तिर बस्छन् ।दाईका एकछोरा बिर्तामोडमा व्यापार गर्थे तर मलाई उनको बिषयमा राम्रो थाहा छैन।

दाजु तिर्थराज नेपालको जन्म बि।स।१९९१साल भाद्र २८गते ऋषि पञ्चमीका दिन भएको रहेछ।वहाँको माघे ससुराली हो र थर काश्यप गोत्रीय अधिकारीकी छोरी।हाल वहाँ काठमाडौं कौशलटारमा बस्नुहुन्छ।यस्तै रहेछ जीवनको आरोह अवरोह सबैले नामसालिङमा माया गर्ने वहाँ वर्तमानमा डेरामा बस्नु पर्ने यस्ता थिए उ बेलाका निश्वार्थ प्रधानपञ्चहरू ८७बर्षको उमेरमा वहाँले रुपैयाँ होइन ईमान,जमान,र जनताको स्नेह कमाएकाले धन नकमाए पनि निरोगी र सन्तुष्ट हुनुहुन्छ ।नयाँ पुस्ताका कोही पुरानो इलामको वा नामसालिङको इतिहास लेख्न वा कुनै अनुसन्धान गर्न चाहन्छन् भने वहालाई भेटेहुन्छ।अब बुढापाका भेट्न पनि मुश्किलले मात्र पाइन्छ सबैलाई ज्ञान भए हेक्का रहे।नामसालिङका हामी बासिन्दाहरूलाई वहाँले समर्पित भएर लगाएको गुन र वहाँको बिषयमा मैले एउटा साहित्यको पाठक र लेखकहुनुको नाताले यति लेख्नु नै पर्छ ठानी लखेको छु।यसलाई सोधपुछका साथ विस्तार गर्ने काम त छँदैछ।वहाँका महानकार्यहरू प्रति मेरो अभिवादन।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.