प्रेस युनियन मोरङका उपाध्यक्ष निरौला सहित चार पत्रकार सम्मानित

enepalpatra , १८  पटक हेरिएको

प्रेस युनियन मोरङका उपाध्यक्ष प्रशान्त निरौला सहित चार पत्रकार सम्मानित

लेटाङ(मोरङ)६ कार्तिक । नेपाल संवत् ११४६ न्ह्युदँया भिंतुनाको अवसरमा नेवा: देय दवु लेटाङ नगर समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका क्रममा चार जना पत्रकारहरूलाई सम्मान गरिएको छ।

सम्मानित पत्रकारहरूमा प्रेस युनियन मोरङका उपाध्यक्ष तथा ईनेपालपत्र र लेटाङ खबरका सम्पादक प्रशान्त निरौला, मोरङ खबर का सम्पादक रेवती निरौला, लेटाङ सेरोफेरो का सम्पादक अर्जुन लिम्बु, र १०१ नेपाल रहेका छन्।

सञ्चार क्षेत्रमा दीर्घकालदेखि सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाजमा सकारात्मक चेतना फैलाउँदै आएका योगदानको कदर गर्दै उनीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो। आयोजक समितिका अनुसार पत्रकारहरूले जटिल परिस्थितिमा पनि निष्पक्ष समाचार सम्प्रेषण गर्दै जनताको आवाज बुलन्द बनाउँदै आएको भन्दै सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता नेवा: देय दवु लेटाङका अध्यक्ष पुरण श्रेष्ठ ले गर्नुभएको थियो भने प्रमुख अतिथि लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावती रहनुभएको थियो। वडा नं. ३ का वडा अध्यक्ष डम्बर राई, नगर समितिका पदाधिकारी, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रममा नेपाल संवत् स्थापनाको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान र नेवार समुदायको सांस्कृतिक परम्पराबारे प्रकाश पारिएको थियो।

वक्ताहरूले नेपाल संवत् सम्पूर्ण नेपालीको गौरवमय सम्पदा भएको भन्दै यसको संरक्षण, प्रचार–प्रसार र आगामी पुस्तामा हस्तान्तरणमा सबैको जिम्मेवारी हुनेमा जोड दिए।

सांस्कृतिक झाँकी, पारम्परिक भेषभूषा र लोकनृत्यसहित सम्पन्न सो कार्यक्रम उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

#नेपालसंवत११४६ #लेटाङ #पत्रकारसम्मान #प्रेसयुनियनमोरङ #लेटाङखबर #मोरङखबर #लेटाङसेरोफेरो #नेवादयहदवु

 

प्रकाशित मिति: २०२५-१०-२३ , समय : ००:४२:२६ , ३ घन्टा अगाडि