पूस्तक कुना र किताब बजार सम्बन्धी अन्तरक्रिया

Enepal Patra Pvt. Ltd. , १०६५  पटक हेरिएको

प्रशान्त निरौला
लेटाङ ५ फाल्गुन । पूस्तक कुना र किताब बजार सम्बन्धी शैक्षिक परियोजनाको विषयमा लेटाङ नगरपालिकाका प्रधानाध्यपकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लेटाङ नगरपालिका ३ सिडिएफको तालिमहलमा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका विद्यालयवाट प्रअहरुको उपस्थिति रहेको थियो भने यस कार्यक्रमलाई राष्ट्रि««य सामुदायिक विकास केन्द्रको आयोजना तथा वल्र्डबैकको आर्थिक सहयोग तथा वल्र्ड भिजनको प्राविधिक सहयोगमा किताब बजारको विषयमा कार्यक्रम भएको हो ।

राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले जनाए अनुसार शिक्षाको वर्तमान गुणस्तर बृद्धिका हिसावले सवै विद्यालयमा शिक्षण सिकाईलाई प्रभावकारी ढंगले अगाडी वढाउन सघाउने प्राथमिकता प्राप्त न्युनतम आवश्यकताहरु सुनिश्चित गर्नु नेपाल सरकारको प्राथमिकता रहेको र सो अन्तर्गत पाँच कुरा हुनुपर्ने कार्यक्रमका दौरानमा जानकारी दिईयो ।
जस अन्तर्गत उपर्युक्त कक्षा कोठा , शिक्षक विद्यार्थीको उपर्युक्त अनुपात , समयभित्रै निशुल्क पाठ्यपूस्तकको उपलव्धता , वालवालिकाका लागि विद्यालयमा शौचालयको सुविधा ,कक्षा कोठामा पूस्तक कुना रहेको अन्तक्रियाका क्रममा जानकारी दिईयो ।
किताव वजार भनेको सामुदायिक विद्यालयहरुले पूरक पाठ्य सामाग्री खरिद गर्न सक्ने अनलाईन डिजिटल प्लेटफर्म रहेको र सामुदायिक विद्यालयहरुले पूरक पाठ्यसामाग्री आफ्नो आवश्यकता अनुरुप खरिद गर्न सहज वातावरण नभएको अवस्थामा व्यवसायिक प्रकाशन गृह र विद्यालय बीच प्रत्यक्ष सम्बन्ध स्थापति गरी पूरक पाठ्य सामाग्री सहज पहुँचको अवस्था श्रृजना गर्नु नै किताव वजारको मुख्य उदेश्य रहेको एनसिडिसी मोरककी परियोजना संयोजक शोभा वजगाँईले जाकारी दिनुभयो ।

प्रकाशित मिति: २०१९-०२-१७ , समय : २१:४६:३४ , ५ वर्ष अगाडि