बिध्यार्थीलाई भाडा छुट लागू गर्न माग

रबिन श्रेष्ठ , २७८  पटक हेरिएको

लेटाङ, १० असार । सार्वजनिक यातायातमा कुल भाडादरको ४५ प्रतिशत भाडा विद्यार्थीहरुलाई छुट दिने व्यवस्था कार्यन्वयन गर्नु पर्ने माग राख्दै स्वबियुले ज्ञापनपत्र बुझाएको छ ।
लेटाङ क्याम्पस स्वबियु ईकाइ समितिले शुक्रबार लेटाङ नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । नगरप्रमुख भुपेन्द्र कुमार लावती , उपप्रमुख कृष्ण कुमारी पोख्रेल (निरौला)लाई भेटेर लेटाङ क्याम्पस स्वबियु पदाधिकारी तथा सदस्यहरुल ले ज्ञापनपत्र बुझाएको स्वबियु लेटाङका सचिब पुजेस अधिकारीले जानकारी दिएका छन ।

ज्ञापन पत्रमा उल्लेख भए अनुसार ७९ कार्तिक १५ बाट लागु भएको भाडा बृदिदरको ४५ प्रतिशत छुट दिने सरकारको निर्णय ६ महिना बिति सक्दा समेत लेटाङमा लागू नभएको भन्दै स्वबियुले भाडा छुट गरिनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो ।
उत्तरी मोरङ बस ब्यबसायी संघ , कोशि यातयात संघ , र ईलाका प्रहरी कार्यालयलाई बोधार्थ जनाउदै स्वबियुले छुट भाडादर लागू नभएको भन्दै आपत्ती जनाएको हो ।
सरकारले दिएको छुट लाई कार्यन्वयन नगरे चरणबद्द आन्दोलन गर्ने समेत स्वबियुले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-२५ , समय : ०४:४०:२४ , १० महिना अगाडि