अनौपचारिक शिक्षा सिकाई सामाग्रीहरुको प्रवोधिकरण कार्याशाला सम्पन्न

हाम्रो समाचारदाता , ४१६  पटक हेरिएको

ईटहरी, २९ जेठ । अनौपारिक शिक्षा सिकाई सामाग्रीहरुको प्रवोधिकरण कार्याशाला सम्पन्न
भएको छ । नेपाल सरकार शिक्षा , विज्ञान ,तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानवस्रोत विकास केन्द्र अनौपचारिक तथा बैकल्पिक शिक्षा शाखाको आयोजनामा एक दिने अनौपचारिक शिक्षा प्रवोधिकरण कार्यक्रम सुनसरी जिल्लाको ईटहरीमा सम्पन्न गरेको हो ।
अनौपचारिक तथा आजिवन सिकाईको पाठ्यक्रम तथा सिकाई सामाग्रीहरुका वारेमा सरकारका स्थानिय तह सम्म पुर्याउने उदेश्य सहित कोशि प्रदेश स्तरिय कार्यक्रम गरिएको हो । कार्यक्रमलाई बैकल्पिक शिक्षा शाखाका निर्देशक निलकण्ठ ढकालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कोशि प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय ,मोरङ, झापा, सुनसरी ,उदयपुर, धनकुटा, पाँचथर ,ईलाम जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुखहरु, मोरङ, झापा तथा सुनसरीका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु ,सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तथा परिचालकहरु , नगरपालिका संघ तथा गाउँपालिका संघका प्रतिनीधीहरु ,एनसिईका पं्रतिनीधीहरु सहितको सहभगितामा बृहत रुपमा अनौपचारिक शिक्षा सम्बन्धी छलफल भएको हो ।

कार्यक्रमलाई एनसीई नेपाल, केयर नेपाल संस्थाले सहकार्य गरेका थिए भने कोशि प्रदेश सरकार, समाजिक विकास मन्त्रालयले सहजिकरण गरेको थियो ।

 

प्रकाशित मिति: २०२३-०६-१५ , समय : १७:३०:०६ , ११ महिना अगाडि