शिक्षक महासंघको धर्ना सहित ध्यानकर्षण

प्रशान्त निराैला , २६८  पटक हेरिएको

लेटाङ,२९ साउन । अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफा हरु संविधान प्रदत्त ट्रेड यूनियन अधिकार शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासंघले देश ब्यापी रुपमा धर्ना गरेको छ। शान्तिपुर्ण तबरले संघले आईतबार लेटाङ नगरपालिकाको परिसरमा समेत धर्ना बसेका छन ।
शिक्षा मस्यौदामा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका ३० बुँदे र ५१ बुँदै सहमतीका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिएको, स्थायी अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान प्राविधिक धार संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै मागमुद्दाको सम्बोधन गर्न नसकेको, २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनु पर्ने माग पनि ऐलेको शिक्षा विधेयकको मस्यौदामा नसमेटिएको साथै समग्रमा शिक्षक कर्मचारीका मुख्य माग मुद्दा सम्बोधन नगरेको मात्र होइन, शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमागि समेत गम्भीर प्रहार गरेको आरोप सहित शिक्षक महासंघ देश भर धर्नामा बसेको हो ।
नेपाली शिक्षक कर्मचारीहरु यो मस्यौदामा रहेका शिक्षा र शिक्षक कर्मचारी विरोधी प्रबन्धक परिवर्तन गरी यसलाई शिक्षा तथा शिक्षक कर्मचारी मैत्री बनाइनु पर्दछ भन्ने अडानमा रहेको समेत बिज्ञप्तिमा उल्लेख छ । यही उद्देश्यका साथ नेपाल शिक्षक महासङ्घले २०८० साउन २८ गतेबाट देशव्यापी आन्दोलन शुरु गर्ने निर्णय गरेको छ ।
यही निर्णय अनुसार आज देशका सबै पालिकामा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा महासङ्घ र सरकार बीच भएका ३० बुँदे र ५९ बुँदे सहमती पत्र सहित जानकारी पत्र पेश गरेको छ ।

नेपाली शिक्षक कर्मचारीका न्यायिक माग र विगतमा भएका सबै सहमतीचारे जानकारी सम्प्रेषण गरी नयाँ ऐनमा ती मुद्दा सम्बोधन गर्न बाध्य पार्ने उद्देश्यबाट यो आन्दोलन थालनी भएको अहासंघले जनाएको छ । न महासङ्घको नेतृत्वमा सञ्चालित जान्दोलनलाई गम्भीर रुपबाट ग्रहण गरी तुरुन्त मागमुद्दा सम्बोधन गर्न सङ्घीय सरकार संसद तथा राजनैतिक दल समझ आग्रह समेत गरिएको छ । साथै यस आन्दोलनप्रति सहयोग, सद्भाव र एकता प्रकट गरि दिनुहुन अभिभावक महासङ्घ, विद्यालय व्यवस्थापन समिति महासङ्घ, विद्यार्थी सङ्घ सङ्गठन, नागरिक समाज लगायत सबै सरोकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति: २०२३-०८-१४ , समय : ०४:०९:३४ , ९ महिना अगाडि