नागरिक दायित्व र स्थानीय सरकार

Enepal Patra Pvt. Ltd. , ७८०  पटक हेरिएको

सतिश निरौला

Satish Niroula

काठमान्डौ, १० बैशाख ।अहिले हामी विषम र फरक परिस्थिति बाट अगाडि बड्दै छौं यस्तो बेला नागरिकको अधिकार भन्दा बढी नागरिक दायित्व बढी महत्त्वपूर्ण हुनुपर्छ । अहिले आलोचना र खिल्ली भन्दा सुझाव दिने र राज्य लाई हर प्रकारले सघाउनु पर्दछ।
लकडाउन एता मैले पनि केहि नागरिक दायित्व पुरा गरे, अप्ठ्यारोमा परेका लाई विभिन्न तवरले सघाउ पुर्याउने देखी स्थानीय सरकार लाई सहयोग गर्ने सम्म । कोरोना को यो महामारीको समयमा केन्द्रिय सरकारले दिएको निति निर्देशन लाई आत्मसात गर्दै कार्यान्वयन प्रक्रियामा पुर्याउने तहमा अहिले स्थानीय सरकार हरु छन् यतिबेला स्थानीय सरकार को भुमिका झनै महत्वपूर्ण बनेर आएको छ।
अहिले हाम्रो खजुरा गाउँ पालिका मा पनि नागरिक ले सम्यम्तापुर्वक यो परिस्थिति को सामना गर्दै राज्यलाई साथ दिदै आएका छन् यतिबेला खजुरामा तरकारी र फलफूल को बिषय अलि संबेदनसिल भएर आएको छ, यो बिषयमा नागरिक स्तर बाट चौतर्फी कुरा उठेपछि नागरिकको सुझाव ग्रहण गर्दै स्थानीय सरकारले पालिका बाहिर बाट आउने तरकारी र फलफूल र पक्षिजन्य बस्तु बिक्री बितरण नगर्न सूचना जारी गर्दै रोक लगायो यो निकै नै उत्कृष्ट कदम थियोे स्थानीय सरकार को किनकि खजुरा गाउँ पालिका तरकारीको लागि आफैं नै आत्मनिर्भर हुनसक्ने अवस्था छ र अर्को तिर स्थानीय सरकार आफैं ले अगाडि बढाएको ग्रीन सिटि को अवधारणा लाई समेत यसले टेवा पुर्याउन सक्छ । तर बिडम्बना यो स्थानीय सरकारले गरेको निर्णय आज ३ दिन भैसकेको अवस्था मा समेत कार्यान्वयन मा आउन सकेको छैन अटो भरी भरी हिन्दुस्तानी तरकारी को अझै पनि बोलवाला देखिन्छ खजुरामा।
किसान का तरकारी बारी मै सडेर गइरहेको र बिक्री भएको तरकारी ले समेत मुल्य नपाएको अवस्था मा स्थानीय सरकारले पालिका भित्र पालिका कै तरकारी को निर्णय ले स्थानीय कृषकलाई सान्त्वना र राहत पक्कै मिलेको थियो तर फेरिपनी गाउँ गाउँ मा भारतीय तरकारी पुगे सङ्गै किसान को खुसीमा तुसारोपात भएको छ।
अहिले बिना तरकारीको क्वारेन्टाइन भारत बाट आउने तरकारीको कारोबार बाट सिङ्गो जिल्लाभर नै कोरोना को त्रास बढाएको छ नै यसै डरबाट वच्न लाई स्थानीयले भारतीय तरकारी मा रोक लगाउन खजुरामा सामाजिक संजाल बाट स्थानीय सरकार लाई ध्यानाकर्षण गराएका थिए।
स्थानीय प्रहरी प्रसासन सङ्ग समेत यो बिषयमा पालिका ले समन्वय गरि बाहिर बाट भित्रीने तरकारी मा कडाइ गरे स्थानीय उत्पादन ले प्रसय त पाउने नै छ साथ साथमा जनता को स्वास्थ्य सङ्ग जोडिएको महत्त्वपूर्ण बिषयको समेत सम्बोधन हुनेछ।

प्रकाशित मिति: २०२०-०४-२२ , समय : १४:१३:५२ , ४ वर्ष अगाडि