स्वास्थ्य जोखिमको विषयलाई धज्जी नउडाईयोस

Enepal Patra Pvt. Ltd. , १८७८  पटक हेरिएको

पूण्य सापकोटा
लेटाङ २२ चैत । नोवेल कोरोना भाईरह(कोभिड(१९)बाट बच्न नेकपाको बहुमतले नेपालको राज्यब्यवस्था सञ्चालन भईरहेको नेकपाकाे सरकारले प्रयास गरिरहेकाे छ । भ्रष्टाचारले सिमा नाघेकाे छ। सरकारका पदाधिकारीहरु भ्रष्टाचारमा डुवेकाे समाचार दिनहु आईरहेका छन् ।  कोरोना भाईरसबाट वच्न यस सरकारले करोडौं लगानी गरेकाे छ । लकडाउनकाे पूर्ण पालनाका लागि समेत बिभिन्न नियम वनाएकाे छ तर लेटाङ नगरपालिकामा भने नेकपा पार्टीका कार्यकर्ता बाट नै यस्को लापरबाही भै राहेको अबस्था छ । लेटाङ नगरपालिका तथा केन्द्रिय सरकारले सर्बदलिय बैठक बोलाई सर्बदलिय बैठक बोलाई कोरोना विरुद्ध नियम बनाई जनतामाझ ल्याईसकेको छ ।
लेटाङ नगरको बैठकले विश्व नै संक्रमित अबस्थामा रहेका वेला केन्द्रीय सरकारको निर्देशन वमोजिम राहात बाड्ने बिषयमा समेत नियम बनाएर एकद्धार प्रणाली वाट राहत वितरण गर्ने भनेको छ । यो नियमको सत्तारुढ दल नेकपाकै लेटाङका नेतृत्वले धज्जी उडाईरहेको छ ।

लेटाङ क्षेत्रमा सक्रिय नेकपा नेतृ शान्ति पाख्रीनको नेतृत्वमा लेटाङ ८ मा युवाहरुको साथमा पूगेरर राहतको नाममा नेपाल सरकार तथा लेटाङ नगरपालिकाको नियमलाई उल्गन गर्दै राहत बितरण गरिरहदा प्रहरी प्रसासन मौन वस्नु, स्थानिय सरकारलाई पाख्रीनको टोलीले नटेर्नु , निमय भन्दा माथि म हो भन्दै सामाजिक सञ्जालमा दम्भ देखाउनु , सवै मानिस कोरोना रोगवाट सुरक्षित हुन ज्यmभ अयचयलतष्लभ मा बस्नु तर पाख्रीनको टोली विना स्वास्थ्य सुरक्षा खुलेआम तामझामका साथ वस्ती वस्ती डुल्नुले केही प्रश्नहरु उब्जिएका छन् ।
यसै सन्द्र्भमा राहात बाडन आउनु भएको नेतृ शान्ती पाखृनलाई त्यस वार्डका के हि युवाले कोरिना सम्बन्धित के हि प्रस्न समेत गरेका छन् । प्रस्न भने निम्न छन् ।

१. लकडाउन (Lockdown) मा तपाई सग हिड्ने अनुमती कार्ड छ?

२. राहत बाड्ने श्रोत कहाँ बाट आयो? ल्याउनु भयो ?

३. तपाईले नेपाल सरकारको नियम अनुसार एकद्वार प्रणाली किन प्रयोग गर्नु भएन ?

४. राहत बाढ्न कस्को अनुमती लिनु भयो? नेपाल सरकार , प्रदेश सरकार , नगरपालिका, वा सम्बन्धित वार्ड ? को संग अनुमती लिनु भएको हो?

५. यदि कसैले पनि राहत दिन चाहेमा (ब्यक्तिगत,संघ,सस्था)आफुखुसी राहत दिन नपाउने एकद्धार प्रणाली मार्फत नगरपालिका वा वडा कार्यालय वाट दिने नियम भएता पनि तपाईलाई सो लागु नहुने किन ?

७. के तपाईं लगायत तपाईको टिमले पिपिई PPE को प्रयोग गर्नु भएको थियो?

८. के तपाईको साथमा स्वाथ्य कर्मी हुनुहुन्थ्याे ?

९. तपाईं अथवा तपाईसग कोरोना भाईरस(कोभिड(१९) रोगकाे संक्रमण छैन भन्ने पुष्टि के छ ?

१०. यसरी सरकार , लेटाङ नगरपालिका ,प्रहरी र लेटाङ नगरपालिकाको स्वास्थ्य संग सम्बन्धीत निकायलाई चुनौती दिएर आफू खुसी राहत बाँड्दा पनि सम्बन्धित निकाय किन आवाज उठाउन सक्दैन?

११. यसरी सम्बन्धित निकायले नबोले गाँउमा बसेका जनताले कुन आधारमा आवाज उठाउने? जनता सुरक्षित कसरी हुने ?

१२.यसरी हुलका हुल मान्छे आउदा कतै कोरोना रोग त भित्रीने होईन? गाउँ नै डराएको अबस्था छ ।

यसरी जनता नै त्रास भएको अबस्थामा सम्बन्धित निकाय , प्रहरी प्रसासन तथा लेटाङ नगरपालिकाले चाडै यो प्रवृती रोकोस भनी माग गर्न चहान्छु । अन्त्यमा नगरपालिका तथा ९ वटै वडाहरुले जनताको आवश्यकता हेरि तत्काल राहात वाढियाेस भन्ने समेत आग्रह गर्दछु । नमस्कार ।

प्रकाशित मिति: २०२०-०४-०४ , समय : २२:१३:०९ , ४ वर्ष अगाडि