प्रमलाई संक्रमणबाट जोगाउन केही दिन अस्पतालमा मै राख्नु पर्ने

Enepal Patra Pvt. Ltd. , ७१५  पटक हेरिएको

काठमाडौँ, २७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको भए पनि परिवारको आग्रहमा केही दिन अस्पतालमै राखिने भएको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकसहित शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्स प्रा।डा।दिव्या सिंह शाहले भन्नुभयो, “अपेक्षाकृत सुधारको लक्षण देखिएको भए पनि जबसम्म चिकित्सकले कम्फर्टेवल फिल गर्दैन त्यो बेलासम्म डिस्चार्ज गर्न सकिन्न ।”

शिक्षण अस्पताल प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख प्रा।डा।शाहले भन्नुभयो, “हुन त उहाँलाई डिस्चार्ज गर्दा पनि हुन्छ । निवासमा पनि सङ्क्रमण प्रतिरोधी संरचनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।” उहाँले पहिलो एक महिना बढी सावधानी अपनाउनु पर्ने भएकाले प्रधानमन्त्री निवासमा त्यसको तयारी पूरा भएपछि छिट्टै प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने बताउनुभयो । उहाँले थप्नुभयो, “प्रधानमन्त्रीको परिवारबाट पनि एक दुई दिन अस्पतालमा नै राखिएमा यहाँ तयारी गर्नु सकिन्थ्यो भन्ने कुरा आयो । प्रधानमन्त्री पनि डिस्चार्ज भएर जान चाहनुहुन्छ । निवासमा तयारी पूरा भइसकेपछि उहाँलाई पठाउँछौ ।” उहाँले दोस्रो प्रत्यारोपणमा औषधिको डोज बढि दिइने भएकाले सङ्क्रमणको सम्भावना समेत बढी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावित सङ्क्रमणबारे उहाँहरु ९प्रधानमन्त्री तथा परिवार० सचेत हुनुहुन्छ ।

उहाँलाई भीडभाडमा जान सल्लाह दिदैनौ ।” उहाँले दैनिक कार्य सचिवालयबाट प्रधानमन्त्रीले गर्न सक्नुहुने तर रुघाखोकी र अरु सङक्रमण भएकाबाट जोगिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अलिकति दुरीमा रहेर काम गर्न सकनुहुन्छ । छ महिनापछि साधारण मानिस जसरी सक्रिय दैनिकी बनाउन सक्नुहुन्छ ।” उहाँले मिर्गौला प्रत्यारोपणको लागि उमेर नभई शरिरको स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषय महत्वपूर्ण चर्चा गर्दै भन्नुभयो, “प्रधानमन्त्रीको मुटुलगायत अंग सबै राम्रो छ । त्यो भएर यो मिर्गौलाले राम्रो काम गर्छ । त्यति समस्या आउने देख्दैनौ ।” उहाँले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आकस्मिक नभई पूर्वतयारीसाथ भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको मिर्गौलाले काम कम गर्न थालेदेखि नै प्रत्यारोपणको सल्लाह दिइएको हो । डायलसिसभन्दा प्रत्यारोपणमा विरामीको स्वास्थ्य राम्रो हुन्छ ।” उहाँले मिर्गौला प्रत्यारोपण कति सफल हुन्छ भनेर गरिएको प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकारात्मक देखिएपछि पाँच छ जना मिर्गौला दाताको परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक महिना अगाडि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने तय भएको थियो । प्रधानमन्त्रीसँग प्रा।डा।प्रेमराज ज्ञवालीलाई पनि भेटाएँ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमा गर्ने विषयमा अस्पतालका कार्यकारी निर्देशकलगायत व्यवस्थापन पक्षलाई जानकारी गराएँ ।” सञ्चारकर्मीका जिज्ञासामा उहाँले मिर्गौला दान गर्ने र नगर्नेबीचको जीवनका दैनिकीमा केही फरक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दाताको सबै स्वास्थ्य अध्ययन गरेर मात्र मिर्गौला लिन्छौ । अहिले इन्जोय गरिरहेको लाइफस्टाइलमा केही फरक पर्दैन भनेर दुई सय प्रतिशत ढुक्क भएपछि मात्र मिर्गौला लिइन्छ ।” उहाँले मिर्गौला दानमा नागरिकले पूरा गर्नुपर्ने प्रक्रियाअनुसार नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा विभागीय प्रमुख प्रा।डा।उत्तरकुमार शर्माले प्रत्यारोपण एकजना व्यक्तिले नभई समूहगत कार्य भएको स्पष्ट पार्दै ‘ट्रान्सप्लान्टेशन’ को विषयमा कुनै ‘कन्ट्रोभर्सी’ नआवस् भन्नुभयो ।

उहाँले भन्नुभयो, “मिर्गौला निकाल्न र प्रत्यारोपणका लागि एकजनाले गरेर हुने विषय होइन । टिम चाहिन्छ । यसमा सबैको भूमिका महत्वपूर्ण हुन्छ । प्रत्येकको एक्टिभ रोल हुन्छ ।” पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीले समेत आफ्नो अनुभव सुनाउनुभएको थियो । प्रा।डा।उत्तम कुमार शर्मा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमा गर्ने सुनेपछि असाध्यै हर्षित भएँ । यो त चानचुने कुरो होइन । चुनौती र अर्कोतिर अवसर पनि हो भन्ने लाग्यो । बहालवाला प्रधानमन्त्रीले यत्रो शल्यक्रिया मुलुकमै सरकारी अस्पतालबाट गराउने तयारी गर्नुभएको छ ।

यसले हामीमा दवाव पनि अनुभूति गरायो । नेताले मुलुकभित्रै उपचार गर्दा हाम्रो पनि मनोवल उठ्छ । डाक्टरको मनोबल उठेको छ । केही उत्साह भयो कि भन्ने लागेको छ । प्रा।डा।सुभास प्रसाद आचार्य एक महिना जति अघि प्रा।डा।दिब्या सिंह शाहले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सम्भावना बारे सुचना दिनुभएको थियो । तीन दिन अघि जब प्रधानमन्त्रीको प्रत्यारोपण शिक्षण अस्पतालमा गर्ने निक्र्यौल भयो, त्यसपछि तयारीमा लागियो । तयारीका साना साना विषयमा व्यवस्थापन थालियो । क्लिनिकल म्यानेजमेन्टमा लागियो । स्टे«स सबैलाई हुन्छ, लुकाउनु पर्ने कुरै छैन । केही बिग्रेलाकी भन्ने दिमागमा भइराख्ने रहेछ ।

त्यसैले तयारीमा धेरै लागियो । प्रधानमन्त्रीले मुलुकमै शल्यक्रिया गराउनुभएकोमा गर्ववान्वित छौ । डा। अनिल श्रेष्ठ तीनचार दिन अघि प्रत्यारोपणबारे थाहा भयो । धेरै खुशी भइयो । एउटा प्रेसर त परिहाल्छ । प्रधानमन्त्री शल्यक्रियाको लागि आउनुहुन्छ भनेपछि एकखालको तयारीमा जुट्यौ । आइसीयू, औषधि, इक्यूपमेन्टको के अवस्था छ रु सबै जाँच गरियो । जसरी अरु विरामीको जाँच गरिन्छ, त्यो पनि जाँच गरियो । त्यसरी दुवैको ९मिर्गौला दिने र लिने० स्वास्थ्य अवस्था राम्रो पायौ । एनेस्थेसियाको काम सधैँ प्रेसरमा नै हुन्छ । पेसेन्ट बेहोस छ भनेपछि सधैँ प्रेसरमा परिन्छ । देशविदेशबाट सबैले हेरिरहेको विरामी भएकाले प्रेसर बढी परेको थियो । त्यहाँ सावधानीपूर्वक काम गरेका थियौँ । कुनै बाधाअड्नविना नै काम सम्पन्न भएको थियो । यसमा हामी खुशी छौ । गर्व अनुभूति गरेका छौ । कविता देवकोटा खुशी लाग्यो । हाम्रो गौरवको कुरा थियो । हाम्रो डिपार्टमेन्टबाट सबैले लागीपरेका थियौ । अपरेशन थियटर, आइसीयुमा धेरै केयरमा थियौँ । सफलतामा सबैको उत्तिकै महत्वपूर्ण भूमिका थियो । प्रा।डा।जगदीश अग्रवाल सबैको गौरवको विषय हो । त्रिविविका सम्पूर्ण पदाधिकारी हर्षित थियौँ । प्रधानमन्त्री भर्ना हुनुभएको दिन चिकित्सक, नर्सिङ सबैको टिम बसेर छलफल गर्यौ । यो टिम वर्क हो । सबैले मिलेर काम गर्दा राम्रो परिणाम दिन्छ । अब अस्पतालमा विरामीको दवाव बढ्ने छ । सरकारले पनि शिक्षण अस्पतालको विकासका लागि सहयोग गर्नुपर्छ । प्रा।डा।प्रेमराज ज्ञवाली शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण १२ वर्षदेखि गर्दै आएको हो ।

हरेक बुधबार दुईवटा मिर्गौला प्रत्यारोपण नियमित काम नै हो । देशको प्रधानमन्त्रीको अपरेशन गर्यौ । मानसिक प्रेसरदेखि विभिन्न प्रेसर हुन्छ । हाम्रो टेक्निकल लाइनमा प्रधानमन्त्री र अरु सामान्य नागरिकमा केही फरक हुँदैन । मिर्गौला कल्ले जोड्यो मिर्गौला रु भन्ने प्रश्नको पनि उत्तर दिन चाहन्छु । समीक्षा र प्रधानमन्त्रीको अपरेशन एकैपटक एउटै टेबुलमा भएको थियो । सात जना सर्जन थियौ । कसले काट्यो, कसले जोड्यो भन्दा पनि यो टिमले गर्यो । त्यो टिम टिचिङ अस्पतालमा छ । यो टिम वर्क हो ।

प्रकाशित मिति: २०२०-०३-११ , समय : ११:५२:३८ , ४ वर्ष अगाडि