राजनीतिको वरिपरी घुमेको ‘ऐंचो पैंचो’ ट्रेलर सार्वजनिक

हाम्रो समाचारदाता , ३३१  पटक हेरिएको

श्रावण, २९  काठमाडौ । भाद्र १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’ को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक बिषयबस्तुलाई केन्द्रमा राखेर तयार पारिएको चलचित्रको ट्रेलर सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो । युवाको राजनीतिमा उपस्थिति र चुनावमा हुने रस्साकस्सीलाई ट्रेलरमा राखिएको छ । प्रतिसोधको भावना साटेर गरिने राजनीतिको कथा फिल्मको केन्द्रमा रहेको छ ।

कृषा चौलागाई निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल , सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ। प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्र केपी फिल्म्सको व्यानरमा निर्माण भएको छ ।

अभिमन्यु निरवीको लेखन , पुरुषोत्तम प्रधानको छायाकन , कविराज गहतराजको कोरियोग्राफी , रहेको चलचित्रमा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रकाशित मिति: २०२३-०८-१४ , समय : २१:०४:५३ , ९ महिना अगाडि