विराट कोहली आइसीसी वर्ष खेलाडी घोषित

Enepal Patra Pvt. Ltd. , १३१३  पटक हेरिएको

काठमाडौं माघ ८, २०७५

एजेन्सी । भारतीय क्रिकेट टोलीका प्रभावशाली कप्तान विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा विराट सन् २०१८ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

आइसीसी मेन्स क्रिकेटर अफ दि इयर बनेका विराटले टेस्ट र वान डे दुवैको उत्कृष्ट खेलाडीको उपाधि चुमे ।

यसैगरी आइसीसीले मंगलबारनै टेष्ट क्रिकेटको ‘ड्रिम टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।

आइसीसीले विराट कोहलीको कप्तानीमा सन् २०१८ को ड्रिम टिम सार्वजनिक गरेको हो ।

टिममा न्युजिल्याण्ड र भारतका तीन–तीन श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इण्डिज र अस्ट्रेलियका एक–एक जना खेलाडी परेका छन् ।

टिममा परेका खेलाडीमा न्युजिल्याण्डका केन विलियमसन, टम लाथम, हेनरी निकोल्स रहेका छन् । त्यस्तै, भारतका कप्तान विराट कोहलीसहित रिशव पन्त र जस्प्रित बुम्राह छन् । श्रीलंकाका दिमुथ करुनारत्ने, दक्षिण अफ्रिकाका कागीसो राबडा, वेस्ट इण्डिजका जासन होल्डर, पाकिस्तानका मोहमद अब्बास र अस्ट्रेलियाका नाथन लायन रहेका छन् ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : २०:१४:०४ , ५ वर्ष अगाडि