६५ परिवारलाई टनेल वितरण

Enepal Patra Pvt. Ltd. , ८२७  पटक हेरिएको

लेटाङ, १४ फागुन । आधुनिक कृषी प्रणाली अवलम्बन गर्ने उदेश्य सहित ६५ परिवार किसानलाई टनेल वितरण गरिएको छ ।
लेटाङ नगरपालिका र वडा नं. ८ को आर्थिक सहयोगमा लेटाङ ८ जाँतेका कृषकहरुलाई उक्त कृषी सामाग्री प्रदान गरिएको हो ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मंगलवार वडा नं. ८ को कार्यलयमा आयोजना गरिएको कार्यक्रममा कृषकहरुलाई टनेल वितरण गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले लेटाङ नगर कृषिको ठुलो सम्भावना भएकाले कृषी उपजहरुलाई गुणस्तरिय बजारिकरणका अभाव भएकाले छलफल वाट बजारको ब्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने वताउनभयो ।
कार्यक्रम सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दहालले लेटाङलाई कृषी जोन वनाउने तर्फ नगरले योजना वनाउने वताउनुभयो ।
कार्यक्रमलाई सोही वडाका वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले समापन गर्नुभयो ।
हाल लेटाङ ८ र ९ का किसानहरुले करिव ५ सय हेक्टर जमिनमा टमाटर खेती तथा वेमौसमे तरकारी खेती गरिरहेका छन् ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : ०५:३४:०० , ४ वर्ष अगाडि