लक्ष्मि माविको ४९ औ बार्षिक उत्सव

Enepal Patra Pvt. Ltd. , ८०८  पटक हेरिएको

लेटाङ , ७ फागुन । लक्ष्मी मावि लेटाङ २ ले आफ्नो ४९ औ बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ । “ गूणस्तरिय शिक्षा हाम्रो प्रतिवद्धता” आफ्नो मुल नारा राखेर गरिएको कार्यक्रममा विद्यालयले आफ्नो बार्षिक प्रगति प्रतिवेद प्रस्तुत गरेको थियो ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयले भौतिक ,आर्थिक रुपले सहयोग पूर्याउने ब्यक्ति संघ संस्थाहरुको चर्चा गरिएको थियो ।
प्रमुख अतिथी राईले विद्यालयको बृद्धिविकासका लागि आफुले सहयोग गरिरहेको बताउनुभयो । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि नगरपालिकाले काम गरिरहेको र अझै पनि सहयोग गरिरहने बताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख उपसचिव कृष्णराज राई ,लेटाङ नगरपालिका वडा नं. २ का अध्यक्ष तेजप्रसाद तिम्सिना र वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङ, शिक्षक महासंघ लेटाङ अध्यक्ष हरि धिमाल लगायतको उपस्थिति थियो ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेडम्बरराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२०-०२-१९ , समय : १८:०६:३४ , ४ वर्ष अगाडि