विद्यालयको ४७ औ बार्षिक उत्सवमा नगरपालिकाले वितरण गर्यो विद्यार्थीहरुलाई पोसाक

Enepal Patra Pvt. Ltd. , ७८२  पटक हेरिएको

लेटाङ १४ माघ । श्रीमावि लेटाङ ९ जाँतेले आफ्नो विद्यालयको ४७ औ बार्षिक उत्सव तथा आम अभिभावक भेला गरेको छ । विद्यालयकै प्राङगणमा सोमवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयको ३ बर्षदेखिको आर्थिक तथा वार्षिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
विद्यालयका २७ जना विपन्न तथा मिहेनेती विद्यार्थीलाई लेटाङ नगरपालिका द्धारा जाडोमा लगाउने ट्राक सुट वितरण गरिएको थियो । नगरप्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि शंकर राईले सो विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । उहाँले नगरपालिकामा रहेको सवै विद्यालयमा विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरिरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख कृष्णकुमारी निरौला, नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दहाल, उपसचिव कृष्णराज राई लगायकले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम उक्त विद्यालयका अध्यक्ष सन्त राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२०-०१-२८ , समय : ०८:३२:५५ , ४ वर्ष अगाडि