मगर भाषाको ‘डिक्सनरी एप’ सार्वजनिक

Enepal Patra Pvt. Ltd. , १०१९  पटक हेरिएको

पाल्पा १६ पुस । मगर समुदायको तीन वटै भाषा समेटेर मगर डिक्सनरी एपु सार्वजनिक गरिएको छ ।

मगर ढुट, मगर खामरपाङ र मगर काईके भाषाको शब्दकोषलाई समेटेर ‘मगर डिक्सनरी एप’ सार्वजनिक गरिएको हो । काठमाण्डौको कलंकीमा रहेको मगर सङ्घको केन्द्रीय कार्यालयमा एप सार्वजनिक गरिएको हो ।

एपलाई नेपाल मगर सङ्घ केन्द्रीय समिति, नेपाल मगर लेखक सङ्घ, मगर ढुट, मगर विद्यार्थी सङ्घ, मगर खामरपाङ र काईके भाषाका शब्दकोष लेखकहरुसँगै प्राविधिक सहयोगी संस्था यूएस नेपाल सोलुसन प्रालीको सहयोगमा निर्माण गरिएको हो ।

मगर विद्यार्थी सङ्घका निवर्तमान काईके भाषिक उपाध्यक्ष निरजकुमार पुनको पहलमा आईटी इन्जिनियर अर्पन बम ठकुरी र बालकृष्ण पुन मगरले यसलाई तयार पारेको नेपाल मगर संघले जनाएको छ । एप सार्वजनिक कार्यक्रममा इन्जिनियर बम ठकुरी र बालकृष्ण पुनले घरमै बसेर मगर भाषा सिक्न सजिलो हुने बताउनुभयो ।

‘मगर डिक्स्नरी एप’ गूगलको प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । लोप हुँदै गएका मगर भाषाहरूलाई आधुनिक सूचना प्रविधिको माध्यमबाट आमसमुदायमा पुर्याउने प्रयास गरेको मगर सङ्घका अध्यक्ष नबिन रोका मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०१-०१ , समय : १२:३३:२३ , ४ वर्ष अगाडि