प्यारालाइसिस भएका व्यक्तिको दिमागमा कम्प्युटर चिप प्रत्यारोपण गर्दै एलन मस्क

हाम्रो समाचारदाता , २२७  पटक हेरिएको

अजेन्सी, ३ असोज । एलन मस्कको ब्रेन-चिप स्टार्टअप न्युरालिङ्कले पहिलो चरणमा प्यारालाइसिस भएका बिरामीमा चिप प्रत्यारोपण गर्ने अनुमति पाएको छ । कम्पनीले मङ्गलवार इन्डिपेन्डेन्ट रिभ्यु बोर्डबाट पहिलो पटक प्यारालाइसिस (पक्षघात) भएका बिरामीमा चिप प्रत्यारोपण गर्ने अनुमति पाएको रोयटर्सले उल्लेख गरेकाे छ ।
ड्रिप्रेसन, अटिजम, मोटोपना, सिजोफ्रेनिया जस्ता अवस्थाबाट ग्रसित व्यक्तिमा चिप प्रत्यारोपण गरी छिटोभन्दा छिटो निको बनाउने एलन मस्कको लक्ष्य रहेको छ । गत मे महिनामा न्युरालिङ्कले एफडीएबाट फर्स्ट-इन-ह्युमन क्लिनिकल ट्रायलका लागि एफडीएबाट स्वीकृति पाएको बताएको थियो । त्यसबखत कम्पनीले मानिसमा चिप प्रत्यारोपण गरिरहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-२० , समय : २१:००:०० , ७ महिना अगाडि