डा. घिमिरेकाे समुह द्धारा ३ सय १४ बालबालिकालाई पाठ्य सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , ६६७  पटक हेरिएको

ईटहरी १५ पुस । विपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका जेहेन्दार, दलित तथा बिपन्न आर्थिक अवस्थाका विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो ।

सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक्रमको आयोजना गरी टोलीले कापी, कलम, स्कुल ब्याग लगायत सामाग्री दिएको डा. घिमीरेले जानकारी दिनुभयो । गरिब तथा जेहेन्दार विद्यार्थीले पाठ्य सामाग्रीकै अभावमा गुणस्तरीय शिक्षा पाउन नसक्ने अवस्था रहेकोले आफुहरुले गरीब विद्यार्थीलाई सहयोग गरेको बताउनुभयो ।

विराटनगरका व्यवसायी लव घिमीरे, इटहरीको डि समुह र आफुले संयुक्त रुपमा ८० हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो । श्वास्थ्य क्षेत्र भन्दा फरक शिक्षा क्षेत्रमा पनि केही दिन सकिन्छ की भन्ने उद्देश्यले काम गरेको उहाँको भनाई छ ।आगामी दिनमा पनि यस्तै सामाजीक कार्यमा लागी पर्ने आफ्नो टिमको संकल्प रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : ०८:२०:४० , ४ वर्ष अगाडि