नोबेलद्धारा उत्कृष्ट विद्याथी सम्मान

Enepal Patra Pvt. Ltd. , ७७७  पटक हेरिएको

लेटाङ १३ पूस । नोबेल एजुकेशन एण्ड डेभलोपमेन्ट फाउन्डेसनले आफ्ना विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पूरस्कृत गरेको छ । आज विद्यालयको प्राङगण लेटाङ ८ जाँतेमा एक कार्यक्रम गरि अन्तरविद्यालय स्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रधानध्यापक भोलानाथ पाण्डेले जानकारी दिनुभयो ।

प्याब्सनले आयोजना गरेका विभिन्न प्रतियोगिता मध्ये चित्रकला , फुटवल , बतृत्वकला ,लोक नृत्य, भलिवल ,लङ जम्प लगायतका खेलमा प्रथम र दृतिय हुने नोवेल विद्यालयका ६० जना विद्यार्थीलाई प्रशंसा पत्र तथा खादा लगाएर सम्मान गरिएको पाण्डेले जानकारी दिनुभयो ।

नगरकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा स्थापित हुँदै गरेको सो विद्यालयमा गत बर्ष एसईई परिक्षामा नगरभित्र सर्वोत्कृष्ट अंक ल्याएर नगरप्रथम हुने विद्यार्थी तुलसी भुजेललाई प्याव्सन लेटाङ नगरले शुक्रवार सम्मान समेत गरेको छ ।

प्रकाशित मिति: २०१९-१२-२९ , समय : २१:००:३३ , ४ वर्ष अगाडि