Enepal Patra Pvt. Ltd. , ११२४ पटक हेरिएको
लेटाङ १३ पुस । युमा साम्यो महासभा नेपाल, जाँते शाखाको आयोजनामा आज युमा धर्म र मुन्धुम दर्शन सम्बन्धी अन्तरक्रिया गरिएकाे छ।
राजभक्त चेम्जोङद्वारा स्वागत मन्तव्य राखिएको उक्त अन्तरक्रियामा नावा च?इत बारे दल प्रसाद चेम्जोङ, याङदाङ फोङमा बारे आइत खजुम, मेखिम मुन्धुम बारे चित्र वनेम फागो, मृत्यु संस्कार बारे नेत्र सौदेन र संस्थाका नीति तथा गतिविधिहरू बारे भीमसेन लिम्बूले बोल्नु भएको थियो ।
विभिन्न प्रश्नहरू राखिनुका साथै युवा सहभागीहरुबाट सुरुचिपूर्वक ध्यानकेन्द्रित गरिएको उक्त अवसरमा जाँतेका तुत्तु तुम्याहाङ–याक्लासुहाङहरु समेतले मुन्धुम र खाजोङ थिमहरु बारे बोल्नुभएको थियो ।
युमा साम्यो महासभा जाँते शाखाका अध्यक्ष राजेन्द्र चेम्जोङको सभापतित्व र सचिव दुर्गा थक्सुको उद्घोषण रहेको उक्त कार्यक्रममा लेटाङ नगर पालिका वडा नं. ८ का अध्यक्ष भीमप्रसदा पोखरेल प्रमुख अतिथि रहनु भएको थियो ।
प्रकाशित मिति: २०१९-१२-२९ , समय : ०९:३०:०७ , ७ वर्ष अगाडि