ग्लोरियस चर्चमा क्रिशमस मनाईयो

Enepal Patra Pvt. Ltd. , ५०३  पटक हेरिएको

लेटाङ १० पूस । ग्लोरियस चर्चले बुधवार क्रिसमश मनाएको छ । लेटाङ नगरप्रमुमख शंकर राईको प्रमुख आतिथ्यतामा लेटाङ ५ मा रहेको चर्चमा ईशाई धर्मका प्रवर्तक जिसस क्राईस्टको जन्मदिनको रुपमा क्रिशमस मनाईएको हो । कार्यक्रममा ईसाई धर्मगूरुहरु , पास्टर तथा ईशाई धर्मका अनुयायीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
क्रिशमसको अवशरमा गरिएको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले धर्मको सार भनेकै पाप नगर्नु रहेकाले आफ्नो नजरमा सवै धर्मावलम्बीहरु समान रहेको वताउनुभयो । उहाँले धर्मको नाममा विकृतीहरु भित्रन नदिन सवै धर्मावलम्बीहरु सचेत हुनु पर्ने वताउनुभयो । आफुले पनि वाईवलका धेरै अंशहरु अध्यय्न गरेकाले यस धर्म ग्रन्थ इशाई धर्मावलम्बीहरुका लागि मात्र नभई सवै धर्मावलम्बीहरुले अध्यय्न गर्दा जीवनलाई फाईदा हुने वताउनुभयो ।
ईशाइ धर्मावलम्बीहरुले क्रिशमसलाई आफ्नो मुख्य चाडको रुपमा मनाउदै आएका छन् ।

प्रकाशित मिति: २०१९-१२-२६ , समय : १०:१०:२६ , ४ वर्ष अगाडि