अन्तर्राष्ट्रिय नारी दिवश – पालिकाको भुमिका

ईनेपालपत्र समाचारदाता , ४४१  पटक हेरिएको

शान्ती पाख्रीन
लेटाङ , २४ फागुन । आज ८ मार्च विश्वभरिका श्रमिक महिलाहरुले महिला माथि भएको शोषण  विरुद्ध  आवाज उठाएको दिनलाई स्मरण गरि यो दिवश मनाइन्छ ।

महिला मुक्ति आन्दोलनको एक अभियान्ता क्लारा जेटकिनले  सन् १९११ मार्च ८ मा  महिला मुक्तिको लागि आवज उठाएको थिईन। तर आज सुकिला ,मुकिला, टाठा, बाठा महिलाहरुको दिवश भन्दा कतिपनि फरक नपर्ला ।संबिधानको पानाहरुमा महिला मैन्त्रीपुर्ण शब्दहरुले रंगिएका छन्।चार तारे होटल देखि , पालिका ,वडा सम्म , शौचालय देखी सदनको रोष्टम सम्म महिला मैन्त्री श्वरहरु गुन्जिएको छन्।

शास्त्रमा भने झै ” यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता”  जाहाँ नारी पुजिन्छ त्यहीँ  देवताहरु पनि रम्दछन् भन्न समेत भ्याएका छन् ।तर श्रमिक महिलाहरूको लागि एक दिन पालिकाले दोसल्ला ओडाएर पाँच सय हातमा राखेर श्रमिक महिलाहरुले के न्याय पाउछन् त ??  पालिकाको कुल वजेटमा कति प्रतिशत महिला लक्षित भनेर रकम बिनियोजित गरेको छन् त? र महिला लक्षित कार्यक्रमहरु काहाँ कसले पाए त कि पाटीक‍ो कार्यकर्ताले मात्रै  पाए?? के रकम पाएर श्रमिक महिलाहरुको जीवन स्तर परिवर्तन भएको छ त? के स्थानीय सरकारले  अनुगमन गरेको छ त?? एक दिन महिला मुक्तिको चर्को भाषण गर्दैमा हाम्रो  गाउँ घर तिर ग्रामीण भेगका महिलाहरले न्याय  पाए त??  हाम्रो  समाजको अपरिहार्य शक्तिको रुपहो नारी  आमाको काख , चेलीबेटीको स्नेह , श्रीमती  प्रेमिकाको माया  यिनै  नारी पात्रको पछ्यौरी भित्र  एउटा पुरुषको जिवनका अवयहरु चलिरहेको छन् ।आज तिनै नारिहरु आफ्नो हक अधिकार प्राप्त भएको दिनलाई स्मरण गरि ८ मार्च मनाउदछन्।  तर के तपाईंहरुले आज आफ्नो  आमा , दिदीबहिनी , श्रीमती , प्रेमिकालाई नारी दिवसको उपलक्ष्यमा शुभकामना  दिनु भयो त?? ठुला ठुला मञ्चमा महिला मुक्तिको लागि भाषण गर्नेहरुले कतै आफ्नो घरमा भएको नारिहरुलाई बन्दी जीवन विताउन वाध्य वनाएका त छैनन?  मेरो प्रश्नन यहाँ छ कि अन्तरास्ट्रिय श्रमिक महिला दिवशको दिन तामझाम गरेर कार्यक्रम गर्दा मात्रै  श्रमिक महिलाको न्याय  मिल्दैन । संघियता गणतन्त्रको देशमा  स्थानिय सरकारले  कानुन , कार्यबिधि वनाएर कार्यनयन गर्ने सक्ने अधिकार छ। के स्थानिय सरकारले श्रमिक महिलाहरुक‍ो लागि के कस्ता  कानुन वनायो त ? शारीरिक बल रहुन्जेल श्रम बेचेर जसोतसो  जीवन यापन गरिरहेका छन्। के अब उनिहरुको भविष्य सुनिस्चित गराउन पालिकाले ८ मार्चको दिन आफ्नो पाटीक‍ो कार्यकर्तालाई रु पाँच सय र जाडो नछ्ल्ने ओड्ने दिएर श्रमिक महिला मुक्ति हुन्छ त ? जसको लागि गरिएको कार्यक्रम  उनिहरुको न सहभागी न त जानकार नै हुन्छन्  ।

जतिसुकै ओै दिवश मनाएपनि सुकिला मुकिलाको श्रमिक दिवश हो । श्रमिक महिलाको शिर्षकमा रकम विनियोजित गरी खान पल्केकाहरुले यसरी नै श्रमिक दिवश मनाउने गर्छन् ।  मेरो अनुरोध स्थानीय सरकार  श्रमिक महिलाहरुको भविष्य माथि चिन्तित हुन आवश्यक छ। वास्तविक श्रमिक महिलाहरुको पहिचान गरि नीति, कार्यबिधि वनाई उनिहरुको हक अधिकारको निम्ति  काम गरोस् अन्तमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराको साथ आज ११३ ओै अन्तर्राष्ट्रिय नारी दिवशको शुभकामना ब्यक्त गर्दछु ।

यो  दिवश नारामा मात्रै सिमित नहोस्  भन्दै  पुर्ण श्रमिक महिलाहरुलाई शुभकामना दिन चाहान्छु।

प्रकाशित मिति: २०२३-०३-०७ , समय : २१:०३:०६ , १ वर्ष अगाडि