कर्मचारीतन्त्रले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कक्षा चलाउन रोक्यो –डा. शर्मा

enepalpatra , २२३  पटक हेरिएको

काठमाडौं,१३ फागुन  । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा तत्काल मेडिकल कक्षा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्नुभएकाे छ। उहाँले कर्मचारीतन्त्रका कारण प्रवेश परीक्षाको तयारीमा रहेका मेडिकलका विद्यार्थीहरुले पढ्ने अधिकारबाट वञ्चित हुनपर्ने अवस्था आउनेतर्फ गम्भीर ध्यानाकर्षण गर्दै तत्काल कक्षा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको हाे ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै  शुक्रबार  डा. शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन प्राप्त गरिसक्दासमेत कर्मचारीहरुले कयौं दिनसम्म घुमाइरहेको भन्दै आक्रोश पोख्नुभ याे

कर्मचारीतन्त्रका अगाडि सांसददेखि मन्त्रीसम्म निरीह बन्नुपरेको भन्दै दुःख व्यक्त गर्नु भएका डाक्टर शर्मा ले केही दिनपछि विद्यार्थीहरुको प्रवेश परीक्षासमेत आइरहेको भन्दै अहिलेसम्म कर्मचारीहरुले फाइल घुमाएको घुमाइ गरेर हैरान पारेको बताउनु भयो ।

डा. शर्माले तत्काल त्यो फाइललाई चिकित्सा शिक्षा आयोगमा पठाएर चिकित्सा शिक्षा आयोगबाट पूर्वाञ्चल विश्वविद्यालयको इन्स्फेक्सन गरेर एक हप्तादेखि १५ दिनभित्रमा यसपालिको यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने व्यवस्था मिलाइदिनु हुनको निम्ति सभामुखलाई आग्रहसमेत गर्न ुभयाे ।

उहाँले   , ‘एजेन्डा त पास भयो तर मुलुकको बिडम्बना कस्तो रहेछ भने सभामुख महोदय यहाँ चाहे सांसद होस् या सरकारमा बस्ने मन्त्रीहरु नै किन नहुन् ब्यूरोक्र्याट्स र कर्मचारीहरुको अगाडि निरीह भएको मैले फिल गरेँ । पास भएको कैयौँ दिन भैसक्यो अहिले आठ दिन पछाडि इन्ट्रान्स इक्जामिनेटशन छ । अब बच्चाहरु पढ्न जानुपर्ने त्यो फाइल घुमाएको घुमाइ घुमाएको घुमाइ घुमाको घुमाइ हामी मन्त्रालय धाएको धायै छौं काम हुँदैन ।’

सुकुम्वासीलाई भोट बैंक नबनाऔं समस्या समाधान गरौं  

त्यसैगरी सांसद शर्माले लामो समयदेखि सुकुम्वासीहरुको समस्या समाधान गर्नका लागि आयोग बनेको भए पनि वास्तविक सुकुम्वासीहरुले अहिलेसम्म न्याय पाउन नसकेको भन्दै भोट बैंक बनाउनु भन्दा समस्याको समाधान गर्नतर्फ जोड दिन पनि उहाँले आग्रह गर्नुभयाे ।

डा. शर्माले सुकम्वासीले प्रजातन्त्र आएदेखि अहिलेसम्म २–३ प्रतिशत भन्दा बढी सुकुम्वासीहरुले धनीपूर्जा नपाएको भन्दै सुकुम्वासी समस्याको निराकरणका निम्ति एउटा समयावधि तोक्न माग गर्नु भयो ।

कर्णालीका अस्पतालमा ईसीजी र एक्सरे व्यवस्था गरौं

त्यस्तै डा. शर्माले कर्णालीका अस्पतालमा समान्या ईसीजी र एक्सरेसमेत नभएको भन्दै तत्काल स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्था गर्न पनि माग गर्नुभयाे।

डा. शर्माले प्रेमप्रसाद आचार्यले संसद बाहिर पेट्रोल खन्याएर आगो लगाएर प्रधानमन्त्रीका अगाडि आत्मदाह गर्दासमेत यो सदन निर्जीव जस्तै बनेको भन्दै दुःख पोख्नुभयाे।

 

 ‘सम्माननीय सभामुख महोदय, म मोरङ जिल्ला क्षेत्र नम्बर ३ बाट सदनमा रिप्रिजेन्टेशन गर्छु । र सर्वप्रथम म यो सदनमा पहिलो चोटी मैले बोल्ने अवसर प्राप्त गरेको हुँदाखेरी ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र अहिले बम्बैको अस्पतालमा उपचाररत रहनु भएको हाम्रो माननीय आदरणीय दाइ चन्द्र भण्डारीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको माताजीको असामयिक निधन भएकोप्रति म भावपूर्ण समवेदना श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । आदरणीय सभामुख महोदय मलाई सडकबाट सदनसम्म पुर्याइदिनु भएको मेरो क्षेत्रका मतदाताहरु र आम नेपाली नागरिकहरु जसले हाम्रो पार्टी नेपाली कांग्रेसलाई आज लार्जेस्ट पार्टीको रुपमा आज पुर्याइदिनु् भएको छ । उहाँहरु लगायत मलाई जन्म दिने मेरी आमा, मलाई ताते ताते भन्दै सानामा काँधमा राखेर कुँदाउनु हुने मेरो बुबा, मेरो पिताजी, जीवनको यो कालखण्डसम्म आइपुग्दाखेरी मलाई अहोरात्र साथ दिने मेरी श्रीमती, मेरा परिवारका सदस्यहरु र मेरा अग्रज, पार्टीका नेताहरु र मेरा गुरुहरुप्रति म सुनील शर्मा पुनश्चः भगवान पशुपतिनाथ र भगवान कृष्णजीसमेतलाई आभार व्यक्त गर्न चाहन्छु ।
आदरणीय सभामुख महोदय, मैले अहिले उठाउन गइरहेको केही विषयहरु राष्ट्रिय सरोकारका विषयहरु छन् । पूर्वाञ्चल विश्वविद्यालय स्थापना भएको २८ वर्ष भएछ । २०६२–६३ को आन्दोलनको टाइममा त्यो विश्वविद्यालयमा सबै पूर्वाधार पुग्यो भनेर त्यहाँ चाहिँ मेडिकल कलेजको स्टार्ट गर्नलाई विद्यार्थी भर्नाको निम्ति त्यहाँ चाहिँ नोटिस जारी गरेर पनि आन्दोलनको कारणले कच्याककुचुक भएर विश्वविद्यालयको मेडिकल प्रोग्राम सञ्चालन हुन सकेन । यसै सन्दर्भमा हामी मोरङवासीहरु, मोरङका प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रिय सभाका सदस्यहरुको पहलमा हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौं । र मैले व्यक्तिगत रुपमा पनि दुई पल्ट उहाँलाई भेटेँ । सदनमा भेट्ने अवसर पाएँ । उहाँको कोठामा गएँ । आग्रह गरेँ । उहाँले बडो जिम्मेवारीपूर्वक तुरुन्तै मुख्यसचिवलाई उहाँले भनिदिनुभो त्यसपछि स्वास्थ्यमन्त्रीलाई कुरा गर्नुभो र त्यो क्याबिनेटमा गयो र तुरुन्त पास भयो । एजेन्डा त पास भयो तर मुलुकको बिडम्बना कस्तो रहेछ भने सभामुख महोदय यहाँ चाहे सांसद होस् या सरकारमा बस्ने मन्त्रीहरु नै किन नहुन् ब्यूरोक्र्याट्स र कर्मचारीहरुको अगाडि निरीह भएको मैले फिल गरेँ । पास भएको कैयौँ दिन भैसक्यो अहिले आठ दिन पिछाडि इन्ट्रान्स इक्जामिनेटशन छ । अब बच्चाहरु पढ्न जानुपर्ने त्यो फाइल घुमाएको घुमाइ घुमाएको घुमाइ घुमाको घुमाइ हामी मन्त्रालय धाएको धायै छौं काम हुँदैन । अब त्यहाँ इन्स्फेक्सन जानु पर्ने अब फाइल कहाँ छ कहाँ छ गायब छ सभामुख महोदय । त्यसकारणले मुख्यसचिवले भरे यो सुन्नुभयो भने उहाँलाई अलि जिम्मेवार हुनको निम्ति यो सदनमार्फत आह्वान गर्न चाहन्छु र तत्काल त्यो फाइललाई चिकित्सा शिक्षा आयोगमा पठाएर चिकित्सा शिक्षा आयोगबाट पूर्वाञ्चल विश्वविद्यालयको इन्स्फेक्सन गरेर एक हप्तादेखि १५ दिनभित्रमा यसपालिको यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने व्यवस्था मिलाइदिनु हुनको निम्ति सभामुख महोदयलाई यो सदनमार्फत आग्रह गर्न चाहन्छु । 

अर्को सभामुख महोदय, हामीले सधै सुन्छौं । अघिल्ला सदनहरुमा पनि म आउन नपाए पनि पोलिटिकल कन्सियस मान्छे भएकाले कयौं सभासदहरुले अग्रजहरुले आवाज उठाउनु भो सुकुम्वासीहरुको समस्याको बारेमा हरेकपल्ट आयोगहरु बन्छन् । गिरिजाबाबुको पालादेखि सुनेको हामीले । अनि आयोगका पदाधिकारीहरु नियुक्त हुन्छन् । जिल्लामा नियुक्त हुन्छन् । केन्द्रमा नियुक्त हुन्छन् । तर सुकुम्बासीले प्रजातन्त्र आएदेखिन् अहिलेसम्म मलाई लाग्छ २–३ पर्सेन्ट भन्दा बढी सुकुम्बासीहरुले धनीपूर्जा पाएका छैनन् । गाउँमा विजोग छ जनताको । द्धेध स्वामित्वका नाममा जनता ४० वर्षदेखि चाहिँ जोतभोग गरेर बस्या छ एउटा सामन्तले कहाँ बसेर सेटिङ गरेर कल्लाइ पैसा ख्वाएर धनीपूर्जा बोकेर काठमाडौंमा बस्या छ कि कता अमेरिकातिर बस्या छ विचरा जनता चाहिँ वहाँ द्धेध स्वामित्वको नाममा चाहिँ अर्काको जमीनभित्र बसिरहनु पर्या छ । त्यो द्धेध स्वामित्वको मारमा स्वयं म पनि पर्या हो श्रीमान् । त्यसकारणले सभामुख महोदय सुकुम्वासी समस्याको निराकरणका निम्ति एउटा टाइम फ्रेम निर्धारण गरियोस् । तीन महिनाभित्रमा सक्ने हो कि, छ महिनाभित्रमा सक्ने हो कि, एक वर्षभित्रमा सक्ने हो कि, यो तीस वर्षसम्म कथा गाएर, गीत गाएर अनि यो चाहिँ राज्यको पैसा खर्च गरेर अनि धनीपूर्जा नदिइकन जस्ताको तस्तै सुकुम्वासीहरुलाई सडकमा, गाउँमा, वस्तीमा सुकुम्वासी नै बनाएर भोट बैंकको रुपमा प्रयोग गर्नको निम्ति राख्ने काम बन्द गरियोस् भन्न चाहन्छु ।
आदरणीय सभामुख महोदय, यसपालि म चाहिँ कर्णाली प्रदेशमा घुम्ने अवसर पाएँ । ठूला ठूला अस्पतालको परिकल्पना हामी गर्छौं । त्यहाँ चाहिँ साना अस्पतालहरुमा ईसीजी मेशिनहरु छैन । सामान्य एक्सरे मेशिनहरु छैन । ती मेशिनहरुलाई पनि तत्काल दिने काम स्वास्थ्य मन्त्रालयमार्फत गरियोस् भन्दै प्रेमप्रसाद आचार्य र दुर्गा प्रसाई यो समाजका दुईवटा क्यारेक्टरहरु । तर उनीहरुले उठाएको मुद्दा फरक फरक तरिका हो । तर प्रकृति एउटै हो । राजतन्त्रको बारेमा मलाई केही भन्नु छैन । म आफ्नो पार्टीको नीति र कार्यक्रमलाई मान्छु । त्यो उहाँको विषय हो । तर अन्य विषयहरुमा लघुवित्तदेखि लिएर बैंकको कर्जाको जुन विषयहरु छ ती विषयहरुमा अब बाहिर पट्टी मान्छे आएर पेट्रोल खन्याएर आगो लगाएर प्रधानमन्त्रीका अगाडि आत्मदाह गर्दासमेत यो सदन निर्जीव जस्तै यो सदन मृत जस्तै भएर मुकदर्शक भएर अहिले हामी बस्नु परेको छ । आदरणीय सभामुख महोदय ती भड्किएका आत्माहरुको बाछिटाले हाम्रा सन्ततीहरुलाई समेत भोलि नपोलोस् भन्नका निम्ति म हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे भनेर सभामुख महोदय तपाई झापाबाट यहाँ आउनु भएको यहाँहरुले उहीले गाउँमा हाम्रा साथीहरुलाई हाम्रा अग्रजहरुलाई स्कुलमा, कलेजमा किसानको भन्नु को हुन्छ र साथमा बरिलै उही त हलो र कोदाली हो सोध न सबैलाई भन्दै गीत सुनाएर कम्युनिष्ट बनाउनु भएको हो । तर सत्तामा आइपुगेपछि ती किसानले आएका ऋणहरु १.७५ प्रतिशत ब्याजमा १ प्रतिशत ब्याजमा विश्व बैंकबाट लिने अनि हामीसँग कर उठाएर लगेर राष्ट्र बैंकमा पैसा राख्ने र त्यो पैसालाई ११ प्रतिशत ब्याजमा प्राइभेट बैंकहरुलाई दिएर १८ प्रतिशत ब्याजमा किसानहरुलाई लगाउने अनि तपाईहरु मुकदर्शक भएर बसिरहने हो भने हाम्रो अर्को पुस्ताले हामीलाई, तपाईलाई, यो सदनमा भएका तमाम हामी सबै जिम्मेवार सभासदहरुलाई धित्कार्ने बाहेक अर्को केही पनि विषय बन्ने छैन ।’ 

 

प्रकाशित मिति: २०२३-०२-२५ , समय : १४:०९:३४ , १ वर्ष अगाडि