बंगुर पालक किसान संकटमा

ईनेपालपत्र , ४५५  पटक हेरिएको

लेटाङ, २० भदौ । बंगुर पालक किसानले उत्पादन गरेको पाठापाठी नबिके पछि किसानलाई आर्थिक संकट पर्न थालेको छ ।
किसानले व्यावसायिक रुपमा बंगुर पालेर पाठापाठी उत्पादन गरिरहेका अवस्थामा हाल बजार नपाएर किसान पुर्पुरोमा हात लगाएर बसिरहेका छन ।

व्यावसायिक फम संचालन गर्नेहरु हाल ब्यबसाय बन्द गरेर वैदेशिक रोजगारमा पलायन हुन बाध्य बन्न थालेका छन ।

स्थानिय व्यावसायि टेकबिर लिम्बू बंगुर पालन गर्दा दानाको खर्च समेत उठ्न नसकी ठूलो घाट ब्यहोर्नु परिरहेको बताउनुहुन्छ । स्थानिय सरकारले बजार ब्यबस्थापनमा सहजीकरण गरिदिए किसानलाई राहत मिल्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२२-०९-०५ , समय : २३:०५:५७ , २ वर्ष अगाडि