भोगटेनीका १८ बिध्यार्थीलाई विद्यालय पोशाक वितरण

Prashant Niroula , १८१४  पटक हेरिएको

लेटाङ ६ पूष । भोगटेनी माध्यमिक विद्यालयका १८ जना विपन्न विद्यार्थीलाई लेटाङ नगरप्रमुख शंकर राईले जाडोमा लगाउने विद्यालय पोसाक वितरण गर्नुभएको छ । शुक्रवार लेटाङ  १ अधेरीमा रहेकाे उत्त विद्यालयमा एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

नगरपालिकाको सहयोगमा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । विद्यालयले यो बर्ष देखि अनिवार्य पोशाक लगाएर विद्यालय आउनुपर्ने बाध्याकारी नियम वनाए पछि विभिन्न कक्षामा रहेका १८ जना विद्यार्थीहरुले पोशाक किन्न सकेका थिएनन् । नगरप्रमुख शंकर राईले पोशाक नभरै विद्यार्थी विद्यालय जान वाट बन्चित हुने अवस्था आउन नहुने भन्दै पोशाक वितरण गरिएको बताउनुुभयो । आर्थिक अवस्था कमजोर भएर विद्यालय छाड्ने अवस्था रहेका विद्यार्थीहरुलाई नगरले सहयोग गरेर पढ्ने वातावरण सृजना गर्ने भएकाले यसका लागि लेटाङ नगरभित्र रहेका विद्यालयले त्यस्तो अवस्थाको विद्यार्थीको अभिलेख आफुलाई बुझाउन आग्रह गर्नुभयो ।

उक्त दिन विद्यालयले विद्यार्थीहरु विचमा अतिरिक्त क्रियाकलापमा बतृत्वकला प्रतियोगिता , बेलुन फुटाउन जोगाउने लगायतका प्रतियोगिता समेत गरेको थियो । प्रतियोगिताका विजेता विद्याथीहरुलाई नगरप्रमुख राईले पूरस्कार वितरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णुकुमार मगर , वडा सदस्यहरु , विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी , प्रअ तथा शिक्षक र अविभावक विद्यार्थीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०१९-१२-२२ , समय : ११:४४:३९ , ४ वर्ष अगाडि