विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड १ वर्षमा पनि निस्किएन परीक्षाफल

enepalpatra , ३३३  पटक हेरिएको

अनुज सापकोटा

विराटनगर १३ साउन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको छ ।

त्रिविले परीक्षा लिएको १ वर्ष वित्दापनि परीक्षा दिन गाहो हुन्छ।’ परीक्षाफल प्रकाशित गर्न सकेको छैन।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७७ सालको वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४ / ३ वर्षे स्नातक तह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन, विज्ञान र प्रविधि संकायको परीक्षा २०७८ साल साउनमा संचालन गरेको थियो।

नियमित, आशिक, मौका एवं प्राइभेट परीक्षा दिने परीक्षार्थीले उत्साहका साथ परीक्षा दिएका थिए । ३-४ महिनाभित्रै निस्कनु पर्ने परीक्षाफल १ वर्ष वित्दापनि निस्कने कुनै ठेगान छैन

२०७७ को स्नातक तह अन्तर्गतको प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरूले दोश्रो वर्षको गुनासो गरे । परीक्षा शुक्रबार सिध्याउने छन् । तर प्रथम वर्षकै परीक्षाफल सार्वजनिक हुने कुनै सुरसार देखिदैन

परीक्षाफल सार्वजनिक नहुँदा विद्यार्थीमा आक्रोश बढ्दै गएको छ । बीबीएसका विद्यार्थी सुदर्शन बस्नेतले त्रिविको रवैयाप्रति प्रश्न उठाए

विराटनगर-१४ स्थित त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चलका सह- परीक्षा नियन्त्रक नन्दकुमार न्यौपानेसँग १ वर्ष वित्दापनि त्रिविले परीक्षाफल प्रकाशित गर्न नसकेको बारे प्रश्न राख्दा उनले १ वर्षअघि कोभिड महामारीमा परीक्षा उनले भने, म फर्स्ट इयरको विद्यार्थी थर्ड संचालन गरिएको र त्यसबेला गरीएको परीक्षाको

इयरमा पुगीसके, अझै फर्स्ट इयरकै परीक्षाफल आएको छैन। परीक्षाफल ननिस्कदा ह्यान मानेर बस्नु परेको छ ।

परीक्षा दिएको लामो समय हुँदा अनुत्तीर्ण नै भइयो भने दुई वर्ष अघि पढेको विषय कभर गरेर

२०७७ के परीक्षाफल प्रकाशित गर्न नसकेको त्रिविले २०७८ को ४ वर्षे स्नातक तहको परीक्षा गत फागुनमा संचालन गयो। यो परीक्षाको पनि परीक्षाफल कहिले निस्कने हो टुंगो छैन। परीक्षाफल नै प्रकाशित नगरी २०७८ व्याचको स्नातक तह पहिलो वर्षको परीक्षा संचालन गरिदिँदा अघिल्लो व्याचका विद्यार्थी ब्याक पेपर दिनबाट वञ्चित बने ।

प्राध्यापक सन्तोष आचार्यले २०७८ साउनमा संचालन भएको स्नातक प्रथम वर्षको परीक्षाफल प्रकाशित नहुँदा विद्यार्थीलाई कुन विषयमा अनुत्तीर्ण भएको भन्ने थाह नपाएको र फागुनमा संचालन गरिएको परीक्षामा व्याक पेपर दिनबाट वञ्चित भएको जटिलता बुझ्न आवश्यक रहेको बताए ।

उनले त्यसबेला लकडाउनका कारण कलेजमा नै आएर परीक्षा दिन सम्भव नभएको भन्दै विद्यार्थीले आ-आफ्नो घरमा बसेर पायक पर्ने स्थानबाट परीक्षा दिने सुविधा त्रिविले उपलब्ध गराएको बताए ।

कलेज र क्याम्पसमा नभइ सबैतिर छरेर परीक्षा लिइएकोले कति विद्यार्थी परीक्षामा सामेल भए, कुन विद्यार्थीले कहाँबाट परीक्षा दिए जस्ता तथ्याङ्कलाई व्यवस्थापन गर्न समय लागेको बताए । त्यो समय कोरोना भएकोले परीक्षा

सकिइसकेपनि उत्तरपुस्तिका संकलनमा समय लागेको

बताए । उनले परीक्षा दिएका कोरोना संक्रमित वा शंका लागेका विद्यार्थीबाटै उत्तरपुस्तिकालाई खाममा शिलबन्द गर्न लगाइ निश्चित ठाउँमा राखिएको र उत्तरपुस्तिका रोगमुक्त भएको यकिन भएपछि मात्र संकलन गरिँदा समय लागेको बताए।

न्यौपानेले भने, ‘ त्रिविको पद्दत्तिको आधारमा नेपालभरका विद्यार्थीले दिएको परीक्षाको संकलित उत्तरपुस्तिका केन्द्रमा भेला हुने र केन्द्रबाट पुनः वितरण गरेर सम्बन्धित परीक्षकका पुयाउँदा समेत लकडाउनले समस्या उब्जाएको बताए।

त्रिविले लिने गरेका परीक्षाको परीक्षाफल ३ महिनाभित्र निकाल्नु पर्छ भन्ने मान्यताका साथ आफ्ना संरचनालाई व्यवस्थापन गर्दै कमिकमजोरीलाई तन्दुरूस्त बनाउँदै अगाडि बढ्ने बताए।

आशिक परीक्षा दिएका परीक्षार्थीहरू कतिपय उच्च अध्ययनका लागि विदेश जाने सुरसार गरेपनि परीक्षाफलमा भएको ढिलाइका कारण नेपालमै अड्किन बाध्य बनेका छन् ।

एक विद्यार्थीले परीक्षाफल निस्कन भएको ढिलाई र त्रिविको अराजक राजनीतिकरण बारे अदालतमा मुद्दा हाल्ने चेतावनी दिएको त्रिवि नजिक सुत्रले जानकारी गरायो ।

प्रकाशित मिति: २०२२-०७-२९ , समय : ०७:२९:३५ , २ वर्ष अगाडि