कृषकलाई अदुवा खन्न र बिक्रि गर्न भ्याई नभ्याई

Enepal Patra Pvt. Ltd. , ३९९  पटक हेरिएको

प्रतीक शर्मा

सल्यान, पुस ३ गते । सल्यान रेसा विहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । शारदा नगरपालिका वडा नम्वर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवा बढि उत्पादन हुने भएकाले यहाँ बाट बर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर जाने गरेको छ ।

यहाँका किसानले अन्य बाली लगाउन छोडेर अदुवा उत्पादन गर्दै आइरहेका छन् । शारदा नगरपालिकाका वडा नम्बर १४ ढारखानीका कृषकलाई अहिले अदुवा खन्न र विक्रि गर्न भ्याई नभ्याई छ । कृषक तेज बहादुर कवरले अदुवा खेती गर्न थालेको २५ बर्ष भयो । यस बर्ष उहाँले ५ रोपनी जग्गामा अदुवा खेतीगर्नु भएको छ । उहाँ जस्तै यहाँका प्रत्येक किसानले आ–आफ्ना बारीमा अदुवा खेती गर्दै आएका छन् । शिक्षण पेशा संगै अदुवा खेती गर्दे आउनु भएका तेज बहादुर कवरले अदुवा बिक्रि गरेर वर्षेनी २ लाख वढि कमाई गर्दे आएको बताउनुभयो ।

ज्ञानबहादुर पुनले पनि ५ रोपनी जग्गामा अदुवा खेतीगर्नु भएको छ । उहाँले पनि अदुवा बिक्रि गरेरै घर खर्च चलाउने गर्नु भएको छ । उहाँले भन्नुभयो– घर खर्च चलाउने माध्यम नै अदुवा खेती हो ।

यहाँका माल्नेटा ढारखानीका गाउँकाका २ सय ५० घरपरिवारले अदुवा खेतीगर्ने गरेका छन् । यहाँका किसानहरुको मुख्य पेसा भनेकै अदुवा खेती हो । यहाँका किसानहरुले बार्षिक १ हजार ४ सय क्वीन्टल अदुवा बिक्रिका लागि तयार गर्छन् भने करिव ५ सय क्वीन्टल विउको रुपमा उत्पादन गर्ने गरेको १४ नम्वर वडाका वडा अध्यक्ष कृष्णबहादुर गिरीले वताउनुभयो । उहाका अनुसार अदुवा किनेर लैजान ब्यापारीहरु गाउँमै पुग्ने गर्दछन् । अदुवा बिक्रि गरेरै कृषकहरुले वार्षिक एक करोड बढि रकम आम्दानी गर्ने गरेका छन् ।

शारदा नगरपालिका १४ माल्नेटामा उत्पादन हुने अदुवा रेसाविहन ९वोसे० अदुवा हो । यो पिस्दा रेसा नभएर धुलो मात्र हुने भएकाले पनि अदुवाको माग धेरै हुने गरेको स्थानीय ब्यापारी ज्ञानदेव घर्तिले बताउनुभयो । उहाँका अनुसार अहिले काँचो अदुवा धेरै माग भएको छ । पछि विउको रुपमा पनि यहाँका अदुवा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ ।

अल्निो वर्ष प्रतिकिलो २० रुपैयामा अदुवा बिक्रि गरेका कृषकले यो वर्ष भने ४२ रुपैया प्रतिकिलो अदुवा विक्रि गरिरहेका छन् । विउको रुपमा अदुवा १ सय ६० रुपैयाँ प्रतिकिलो किसानले बिक्रि गर्ने गर्छन् ।

सल्यान जिल्लामा २ हजार ९० हेक्टर क्षेफलमा अदुवा खेती गरिन्छ । यहाँ २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन हुने गरेको कृषी विकास कार्यलय सल्यानको तथ्याङ्क छ । अदुवा खेतिलाई व्यवसायीक बनाउन अहिले जिल्लामा प्रधानमन्त्री कृर्षि आधुनिकिकरण परियोजना अन्तरगत जोन कार्यक्रम समेत लागु गरिएको छ भने कृषी विकास कार्यलयबाट पकेट र ब्लकका कार्यक्रम पनि संचालन गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाकाँ अनुसार जिल्लाभर २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन हुने गरेको छ । उत्पादित अदुवा मध्ये १६ हजार ८ सय ९३ मेक्ट्रीक्टन जिल्ला वाहिर निकासी हुने गरेको र यसबाट जिल्लामा ७० करोड ९५ लाख बराबरको रकम आम्दानी हुने गरेको छ ।

यहाँ उत्पादित अदुवा दाङ, नेपालगञ्ज, बुटवल तथा भारत लगायत अन्य देशमा समेत निकासी हुदै आईरहेको छ । सल्यान जिल्लाका १० वटै स्थानीय तहमा धेरै स्थानमा अदुवा उत्पादन भएपनि चाँदे, माल्नेटा, माल्नेटा, ढारखानी, सिद्धेश्वरी, कोटमौला, दमाचौर,थारमारे लगायतका ठाउँमा धेरै अदुवाको खेती गरिन्छ ।

गाेरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०१९-१२-१९ , समय : १४:१८:०८ , ४ वर्ष अगाडि