प्रधानमन्त्रीबाट पंचायतको झझल्को !                           ओम आचार्य

Enepal Patra Pvt. Ltd. , ७४५  पटक हेरिएको

नेपाल अहिले संघिय गणतान्त्रिक मुलुक हो र यहाँ पुर्ण प्रजातन्त्र छ नागरिक अधिकार छ ।संविधानमा मौलिक हक़ अधिकार सहितको व्यवस्था छ  लिखित दस्तावेजमा यस्तै भनिएको छ । तर व्यवहार र यस्को प्रयोग त्यस्तो छैन । अस्ति नागरिक समाजवाट सरकारले गरेको संविधानको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै गरेको विरोध र्यालिमा सरकारबाट गरिएको दमनले संविधान विरुध्द सरकार अगाडि वडेको देखिन्छ। सरकारबाट गरिएका अनियमित र असंबैधानिक अलोकतान्त्रिक कदमहरुको विरोध गर्न पाउने र जनतालाइ सुसुचित गराउने हक़ र अधिकार अहिलेको संविधानले दिएको छ र यो अधिकारमा नियन्त्रण र संकुचन गर्न अहिलेको सरकार लागेको छ ।

अहिलेको सरकारको शासन शैली र सरकारको प्रस्तुती र अभिव्यक्तिले पंचायतकालको स्मरण गराउदै छ ।पचायतकालमा पनि पंचायत नीति तथा जांचवुज समीति र गाउफर्क जस्ता अनुदार संस्था भएको पंचायतकालको झझल्को दिनेगरी वर्तमान सरकार उभिएको छ । त्यती खेरको पंचायती व्यवस्थाले पंचायतको विरोध गर्नेहरु त्यतिखेरका शाशकहरुको विरोध गर्नेहरु सबैलाइ ” देश द्रोही  , देश विरोधी , प्रजातन्त्र विरोधी ” भन्ने गर्थे अहिले ठिक त्यही भाषा ,अहिले ठिक त्यही शैली र अहिले ठिक त्यही सव्दमा प्रधानमन्त्री के पी ओलीले भन्ने गरेका छन ” संसद विघटनको विरोध गर्नेहरु प्रजातन्त्रको विरोधी हुन लोकतन्त्रका विरोधी , जनता विरोधी हुन  देश द्रोही हुन भन्न थाल्नु भएर त्यतीखेरको पंचायतको स्मरण गराएका छन र त्यतीखेरका शाशक जस्तै आफुलाइ निरंकुश र अधिनायकको रुपमा आफुलाइ त्यसरी परिचित गराउन चाहेको देखिन्छ ।

नेकपा भित्र चर्किरहेको दुइ समुहको यो द्वन्द अहिले अत्यन्त निम्न स्तरमा ओर्लिएको छ । यि दुइ समुहमा एक अर्कामा हदै सम्म निकृष्ट रुपमा आरोप प्रत्यारोपमा प्रस्तुत भएका छन । यिनिहरुमा एक अर्कामा निन्दा र वाणी हिंसामा ओर्लिएका छन र यसैको परिणती हो प्रधानमंत्रीको संसद विघटनको विरोध गर्ने जन विरोधी प्रजातन्त्र विरोधी र देश विद्रोही हुन को अभिव्यक्ति ।

वाणी हिंसा सम्म आइसकेको नेकपाले यो भन्दा अगाडीको हिंसामा नपुगुन यिनिहरुको अहिलेको वाणी द्वन्द र वाणी हिंसाले भौतिक हिंसा सम्म आउन सकछन की ? यसो नहोस ।

 

नेकपाको द्वन्द अव नेकपामा मात्रै रहेन

प्रधानमन्त्रीको संसद विघटनको रक्षामा  वोल्नु भएको वहाको सव्द अव नेकपा मात्रैले यस्को चोट नबोक्ने भएको छ । प्रधानमन्त्रीको संसद विघटनको रक्षामा दिएको अभिव्यक्ति संसद विघटनको विरोध गर्ने देश द्रोही, जन विरोधी र प्रजातन्त्र विरोधी को संज्ञा दिइ रहदा हाल नेपालमा रहेका सबै राजनितीक दलहरुले यो अभिव्यक्तिको चोट र प्रहारबाट पिडीत पक्कै भएका छन र सबै भन्दा वडी चोट र प्रहार नेपाली काग्रेसमा परेको छ । नेपाली काग्रेयले यो संसद विघटन असंबैधानिक र अलोकतानत्रिक भनि सकेको हुदा नेपाली कांग्रेसमाथि पनि यो प्रहार हो नेपाली काग्रेसले यसरी बुजेको छ र यसैको जवाफमा प्रेस विज्ञप्ति निकालेर यस्को जवाफ दिइ सकेको छ ।

अहिले प्रधानमन्त्री केपी ओली नेकपा भित्रको प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहलाइ मात्र हैन अन्य राजनीतिक दलहरु र त्यसमा पनि नेपाली काग्रेसलाइ पनि उत्तेजित गराउने गरि आएको यो अभिव्यक्तिले आन्दोलित र उग्र रुपमा ल्याउन अभिप्रेरित गर्ने र उकासाउने देखिन्छ यस्ले मुलुक पुन द्वन्दमा आउन सक्ने वातावरण ल्याउन सरकार आफै अग्रसर देखिन्छ ।

प्रधानमन्त्रीको संकल्प पुजा

पशुपतीमा प्रधानमन्त्रिको संकल्प पुजालाइ लिएर समाजिक संजालमा सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी आइ रहेको छ । केही समय पुर्व देखी प्रधानमन्त्रीले आध्यात्मिक  बिसयमा प्रवेश गर्दै आफ्नो विचार पनि सम्प्रेषित गरिरहनु भएको छ यसै क्रममा राम जन्मभुमिको विसयमा पनि दिएको अभिव्यक्ति पनि चर्चामा छ ।

हिन्दु धर्ममा सबै हिन्दु धर्मावलम्बिहरुमा आफ्नो मोक्ष मार्गलाइ खुला राख्दै चाहे जस्को सुकै अपराधी किन नहोस या सरकारबाट दण्डित या समाजवाट अपहेलित किन नहोस उस्ले या उस्को परिवारले पापमोचनको लागी , मोक्षको लागी कुनै पनि पुजा अनुष्ठान या भागवत पुराण लगाएर परिवारको कल्याण र मानसिक सन्तुष्टीकोलागी गर्न सक्छ हाम्रो हिन्दुधर्मले रोकेको छैन र यस्मा अन्य धर्मको तुलानात्मक रुपमा उदार देखिन्छ ।

सामान्यतया पशुपतीमा कुनै पनि पुजा अनुष्ठान या संकल्प पुजा विशेष अवस्थामा मात्रै गर्ने प्रचलन छ र त्यो पनि मानिस आफ्नो प्रतिकुल समय चल्दा आफु माथि संकट र बाधाहरु आइ पर्दा त्यस्को समनको लागी पशुपतीको शरणमा पुग्ने गरेको छ ।प्रधानमन्त्रिको पशुपतीमा गरिएको संकल्प पुजालाइ पनि यसरिनै लिनु उचित र राम्रो देखिन्छ।पशुपतीमा पुजा र अनुष्ठान या संकल्प पुजा सामान्यतया मार्केश दशा र मारक प्रभाव पर्दा त्यस्तो पुजा गर्ने सल्लाह सुजाव धर्मका पुरोहितहरु र ज्योतिषहरुले परामर्श दिने गरेका छन यस्को मुल कारण यो पनि होकी पशुपती महामृन्जय पनि हुन ।

अहिले नेकपामा वडिरहेको विग्रह र प्रधानमन्त्रीको लोकप्रियतामा निरन्तर आइरहेको ह्रास र वहाकै स्वास्थ्यको सुधारकै निम्ती पनि यसो गरिएको हुन सक्छ । तर यस्लाइ राजनैतिक व्याख्या गर्दै उन्को अव हिन्दु राष्ट्रकूट लागी मनस्थिती वनिरहेको र देशमा हिन्दु राष्ट्र विचारकले यस्लाइ सकारात्मक रुपमा लिउन र म प्रती सदभाव राखुन भन्ने पनि अर्थ लिइ रहेकाले यो स्मरण गरुन की उन्ले प्रधानमन्त्री हुदा लिएको सपथ नै उनेको अन्तकरण भित्र हिन्दु धर्म प्रती कति स्रध्दा रहेछ यस्ले नै पुष्टी गर्छ ।

प्रकाशित मिति: २०२१-०१-२८ , समय : १९:५३:१७ , ३ वर्ष अगाडि