मोरङमा एनसिईले गर्यो शिक्षा सम्बन्धी कार्यक्रम

इनेपालपत्र , १५०  पटक हेरिएको

विनोद भण्डारी
विराटनगर, १७ बैशाख । शिक्षाका लागि विश्वव्यापि कार्यसप्ताह २०२४ को अवसर पारेर एनसिई नेपाल जिल्ला समिति मोरङ्गले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

प्रधानमन्त्रीलाई बालबालिकाको चिठि, शिक्षा सम्बन्धी रेडियोमा सचेतना सामाग्रि प्रसारण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङ्ग जिल्लाका केहि सार्वजनिक विद्यालयका बालबालिकाहरुले मैले चाहेको शिक्षा विषयमा
प्रधानमन्त्रीलाई लेखेका चिठि मोरङ्ग जिल्लाका सिडियो मार्फत प्रधानमन्त्रीलाई पठाइएको जानकारी अभियानका संयोजक विनोद भण्डारी ले दिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) शिक्षा अधिकार र वकालतको क्षेत्रमा काम गर्ने ४६० संघ सस्थाहरुको साझा संजाल हो । सबै बालबालिकाहरुको समावेशि, समतामुलक र गुणस्तरिय शिक्षा सुनिश्चितताको लागि नीतिगत वकालत, सचेतिकरण, क्षमता अभिवृद्दी तथा अनुसन्धानको क्षेत्रमा यस अभियानले करिव दुई दशक देखि विभिन्न कृयाकलापहरु संचालन गर्दै आइरहेको छ ।

 

 

प्रकाशित मिति: २०२४-०४-२९ , समय : ११:३५:४५ , २ हप्ता अगाडि