कानेपाखरी,१ पुस । मोरङको कानेपोखरी–३ हरकपुरका आसाराम चौधरीले हातमा सीप हुँदा घर खेत जोड्न बिदेश जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ ।
बाल्यकालमा घरमा खान नपाएपछि ११ वर्षको उमेरमा घर छोडेर हिड्नु भएका चौधरीले १२ वर्षको उमेर देखि काठ मिस्त्रीको काम सिक्नुभयो । उहाँले सुरुका ३ वर्ष दुईछाक भातका भरमा काम गर्नुभयो ।
आफ्नै जातका एक जना वृद्धसँग काठमा कला भर्ने काम सिकेपछि चौधरी आफ्ना गुरुसँग छुटिनु भयो । आसाराम अहिले २८ वर्षको हुनुभयो । १३ वर्षयता उहाँ एक्लै काठको काम गर्नुहुन्छ ।
खासगरी काठका फर्निचर र झ्याल ढोकाको चौकस बनाउन उहाँ सिपालु हुनुहुन्छ । उहाँको स्थायी उद्योग छैन् । जहाँ कामको माग हुन्छ,उहाँ त्यहीँ सबै औजार बोकेर पुग्नुहुन्छ । महिनामा औसत २३/२४ दिन काम गर्दा उहाँ ५०/५१ हजार रुपियाँ कमाउनु हुन्छ । उहाँले भन्नुभयो– बलको काम छैन् । काठ चिल्लो बनाउन बाहेक सबै काम बसि बसि गर्न सकिन्छ ।
त्यसो त धेरै पैसा कमाउने सपना बोकेर उहाँ काठकै काम गर्न कतार जानु भयो । १० महिना कतारको तातो हावा खाएपछि उहाँ नेपाल फर्किनु भयो । कमाई राम्रो थियो । तर पनि मासिक ६० हजार नेपालमै कमाउन सक्छु जस्तो लागेर नेपाल आएँ–उहाँले भन्नुभयो । विदेशबाट आएपछि आसारामले काठ खोप्ने, चिल्याउने,बुट्टा निकाल्ने लगायतका सबै औजार जोड्नुभयो । हाल सम्म औजारमा ६० हजार रुपियाँ लगानी भइसकेको उहाँको भनाई छ । आसाराम सुनसरीको तरहराबाट मोरङको हरकपुर आउनु भएको ३ वर्ष भयो । हरकपुर आएपछि सुरुका दिनमा उहाँलाई कसैले काममा पत्याएनन् । जब उहाँले आफ्नो सीप देखाउने अवसर पाउँनु भयो । त्यस यता आसारामलाई काम र दामको खाँचो छैन् । उहाँले भन्नुभयो–‘ भान्जाले पढेनन् ,त्यसैले अहिले सँगै काम सिकाइरहेको छु । कामको चाप भएपछि अचेल १६ वर्षीय भान्जा रितिकलाई पनि आसारामले सँगै काम सिकाइरहनु भएको छ ।
३ वर्षको अवधिमा आसारामले ७ लाखको जग्गा र ४ लाखको घामपानी छल्ने घर जोडी सक्नु भएको छ । सानै उमेरमा बाबुको मृत्यु भएपछि आसारामले सबै खाले दुख भोग्नुभयो । चार दिदीहरूका एक्ला भाई आसाराम अहिले आमा, श्रीमती र छोरीसँग बस्नुहुन्छ ।
१० वर्ष अघि सम्म भारतीय सीमा क्षेत्रमा मात्र होइन । पूर्व पश्चिम राजमार्ग भन्दा उत्तर सम्म पनि भारतीय काठ मिस्त्री बिना घर, गोठ निर्माण सम्भव थिएन । तर, अहिले भारतीय काठ मिस्त्रीहरू बिस्थापित हुने क्रममा छन् । काठ मिस्त्रीको कामको स्वरुप पनि फेरिएको छ । पहिले पाखुराले काम गर्नु प¥थ्यो भने अहिले मेसिनले काम गर्छ ।
कामको खोजिमा खाडी पुग्ने युवाहरूले सानो काम नभनी सीप सिकेर स्वदेश मै गर्ने हो भने भारतीयहरूले लैजाने पैसा स्वदेश मै रोकिन्थ्यो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.