स्थापनाको ३१ बर्षको अवशरमा सप्ताहाब्यापी कार्यक्रम गर्दै लेटाङ साकोस

प्रशान्त निराैला , २१०  पटक हेरिएको

लेटाङ, २२ मंसिर । लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१ औ स्थापना दिवशको अवशरमा सप्ताहा ब्यापी कार्यक्रम सुरु गरेको छ । आज वाट सुरु भएको सप्ताहा कार्यक्रमको पहिलो दिन लेटाङ नगरपालिका वडा नं। २ को फडानीमा नयाँ सदस्य स्वागत तथा परिचय कार्यक्रम गरिएको छ ।
कार्यक्रममा स्थानिय सदस्य तथा गैह्र सदस्य संग बृहत छलफल समेत भएको छ । स्थानियले लेटाङ नगरपालिका वडा नं। २ मा चाडो सेवा केन्द्र स्थापना गर्नुपर्ने, संस्थाले संचालन गरिरहेका सामाजिक र सदस्यमैत्री महत्वपुर्ण कार्यक्रमलाई सधै भरि निरन्तरता दिनुपर्ने, सम्म लागु गर्नुपर्ने लगायतका कुरा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका साकोसका अध्यक्ष गोपाल वाह्रकोटीका अनुसार संस्थाको स्थापना दिवशको अवशरमा गत साल देखि सप्ताहव्यापि कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो ।
संस्थाको प्रतिवेदन लाई कार्यन्वयन गर्ने क्रममा समेत सप्ताहव्यापी कार्यक्रमको थालनी गरिएको साथै लेटाङ बचतको सदस्य बन्दा खेरी हुने फाईदाका वारेमा छलफल गरिएको उहाँले जनाउनुभयो ।
लेटाङमा भएका सहकारी मध्ये नीति,प्रविधी र सुशाषनमा चलेको लेटाङ साकोस नेफस्कुनका कोशि प्रदेशमा बाह्र सय साकोस मध्ये प्रथम भएर सम्मानित भएको साथै नेपाल सरकार र नेफस्कुनको गुणस्तरियता सुनिस्चितता कार्यक्रम अन्तर्गत लेटाङ साकोस प्रवेशन ब्राण्डमा निरन्तर ३ बर्ष देखि गएको र यो ब्राण्ड प्राप्त गर्ने कोशि प्रदेशमा नै एक मात्र रहेको, साथै संस्थाले शेयर सदस्यलाई १५ प्रतिशत लाभाम्स वाढ्न सफल भएको र लेटाङ साकोसको सदस्यको हितमा मात्र काम गर्ने भएकाले यस सहकारीको सदस्य बन्न आह्वान समेत गर्नुभयो ।
संस्थाले हाल एटिएम सेवा, मोवाईल सेवा र क्यु आरवाट कारोवार समेत गर्न सुरु गरिएको अध्यक्ष बाह्रकोटिले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार मित्र प्रसाद भण्डारी तथा नेफस्कून लेटाङ सेवा कार्यालय प्रमुख गणेश भण्डारी आतिथीको रुपमा हुनुहुन्थ्यो । संस्थाको उपाध्यक्ष कमलादेबि ढकाल कोइरालाले उपस्थित सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । संस्थाका सचिब नरेन्द्रराज घिमिरे बाट संचालित कार्यक्रममा १२१ सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-०८ , समय : १९:५६:५५ , ५ महिना अगाडि