प्रशान्त निराैला , १२१६ पटक हेरिएको

लेटाङ, ८ बैशाख । लेटाङ नगरपालिकामा स्थानिय तह निर्वाचन अधिकृतकाे कार्यलय उद्घाटन गरिएको छ ।
आज लेटाङ ३ स्थित मिलन चौकमा कार्यालय उद्घाटन गरिएको हो । सांसद घनश्याम खतिवडाले कार्यलयमा राखिएको ब्यानर पढेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा लेटाङ नगरप्रमुख शंकर राई , उपप्रमुख कृष्ण कुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल , लेटाङमा निर्वाचन अधिकृतको रुपमा आउनुभएका पुन्यप्रसाद ढकाल लगायत राजनितीक दलको सहभागिता रहेको थियो ।
निर्वाचनलाई शान्तिपुर्ण, मर्यादित वनाउन सबैको महत्वपुर्ण भुमिका हुने भएकाले यसप्रति सबैको सहयोग आवश्यक हुने सांसद खतिवडाले कार्यक्रममा वताउनुभयो ।
प्रकाशित मिति: २०२२-०४-२१ , समय : १७:२३:२७ , ३ वर्ष अगाडि