ईनेपालपत्र संबाददाता , ४ पटक हेरिएको
काठमाडौं, ४ भदौं । राप्रपाका बागमती प्रदेशका संसदीय दलका नेता उद्दब थापालाई निलम्बन गर्ने निर्णयमा कमल थापाले नोट अफ डिसेन्ट लेखेका छन् ।
आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरेको बिषयमा बरिष्ठ नेता थापाले नोट अफ डिसेन्ट लेखेका हुन् ।
पर्याप्त छलफल बिना जबरजस्ती निर्णय गरेको भन्दै आफुले नोट अफ डिसेन्ट लेखेको बरिष्ठ नेता थापाले सञ्चारकर्मीसँग भने । ‘पार्टीको विधानलाई लत्त्याउँदै निरंकुश ढंगबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन,’ बैठक पछि उनले भने ।
पार्टी केन्द्रिय समितिकाे निर्देशन बिपरित संसदीय दलका नेता थापाले एमालेवाट मुख्यमन्त्रीमा नियुक्त भएका किरण थापालाइ १२ सिटसहित समर्थन जनाएका छन् । जस घटना पछि अध्यक्ष राजेन्द्र लिङदेनले संसदीय दलका नेता थापालाइ कारबाही गर्ने निर्णय लिएका हुन् ।
प्रकाशित मिति: २०२६-०८-२० , समय : १८:१८:१६ , ५९ मिनेटutes अगाडि