खोलाघारी क्लब बिजय

Enepal Patra Pvt. Ltd. , ३४१  पटक हेरिएको

लेटाङ, २० फागुन । साबिक भोगटेनी स्तरिय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । १८ गते देखि सुरु भएको खेल ३ दिन सम्म चलेको थियो ।

आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको आजको फाईनल खेलमा खोलाघारी युवा क्लब बिजय भयो । खोलाघारीले कुइकुन्डा युवा क्लबलाई पराजित गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगर प्रमुख शंकर राईले खेल स्वास्थ्य रहन , अनुसासित हुन र समाज परिवर्तन गर्नका लागि खेल्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफू पनि खेल क्षेत्रबाट नै आएको स्मरण गराउदै समाज बिकास र समृद्धि गर्न खेल क्षेत्रको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहाले खेलले चौतर्फी बिकास गर्ने समेत बताउनुभयो ।

कार्यक्रम आयोजक हरियाली युवा क्लबका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२२-०३-०४ , समय : २०:२८:२६ , २ वर्ष अगाडि