याेङ ब्रदर्स क्वाटरफाइनलमा ,हेटाैडा घर फर्क्याे

Enepal Patra Pvt. Ltd. , ४८९  पटक हेरिएको

सुनबर्सी,१४ फागुन ।मोरङकाे सुनबर्षी २ मा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत शनिवार भएको खेलमा द योङ ब्रदर्स सुनसरी बिजयी भएको छ ।
संघर्षपुर्ण खेलमा मकवानपुरकाे पिप्ले युवा क्लब हेटौंडालाई १ -०ले हराउँदै सुनसरीको याेङ ब्रदर्स क्वाटर फाइनलमा प्रवेश गरेको हाे । आजको खेलमा ६७ ओैं मिनेटमा सुनसरीका जयनारायण चाैधरीले एकमात्र निर्णायक गाेलगर्नुु भयो ।
आजको खेलमा सुनसरीका गणेश हेमरम म्यान अफ म्याच घाेषित हुनुभयो ।उहाँले नगद ५ हजार र ट्रफि प्राप्त गर्नुभयो । आइतबार पुर्वाञ्चल भेट्रान झापा र दार्जिलिङ बीच खेल हुनेछ ।

प्रकाशित मिति: २०२२-०२-२६ , समय : २०:३७:२६ , २ वर्ष अगाडि