बालबालिकाको पोषणलाई प्राथमिकतामा राख्न आग्रह

इनेपालपत्र , ७०  पटक हेरिएको

पाटन (ललितपुर), १४ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज यहाँ आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उहाँले बालबालिकामा पोषणको धेरै ठूलो महत्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरुमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
डा‍‍ राणाले आगामी बजेटमा पनि पोषणलाई प्राथमिकतामा राखेर बजेट बढाउनुपर्ने माग गर्नुभयोे ।
उहाँले भन्नुभयो, “पोषण सबैका लागि महत्वपूर्ण छ अझ बालबालिकामा यसको झन ठूलो महत्व छ । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणमा ध्यान दिएनौँ भने हाम्रो देशका नागरिक कस्तो हुन्छन् रु अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको स्वास्थ्यमा यसले निकै असर गर्न सक्छ । उनीहरुको भविष्य कस्तो हुन्छ  भन्ने कुरा पनि पोषणका कारण हुनसक्छ । त्यसैले राज्यले नै यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।
उहाँले पोषणजस्तो महत्वपूर्ण एवं बालबालिकाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई राज्यले प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नै नीतिगत व्यवस्था र पहल हुनु जरुरी रहेको बताउँदै यस विषयमा सरकारको विशेष रणनीति हुनुपर्नेमा जोड दिनुभयोे ।
रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा राणाको जोड थियो । अहिले विभिन्न रणनीति रहेको भए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता र प्रभावकारिता नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित रहेकाले यी दुवै क्षेत्रमा नेपाल सरकारले हेर्नुपर्यो, आवश्यकताअनुरुप नै बजेट हुनुप¥यो ।”
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण महिला विकास र एकता केन्द्रद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन अभियानसम्बन्धी सो राष्ट्रिय परामर्श कार्यशालामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय कार्यकारी निर्देशक रोजिलिन गावरिलले पोषणमैत्री स्थानीय शासनको उद्देश्य, कार्यक्रमको पृष्ठभूमिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले हाल यो कार्यक्रम छ वटा प्रदेशका १६ जिल्लाका ५० पालिकाभित्रका दुई सय ७५ वटा वडामा लागू भइरहेको जानकारी गराउनु भयो ।
ग्रामीण महिला विकास तथा एकता केन्द्रका राष्ट्रिय निर्देशक डा कृष्णकुमार श्रेष्ठले मानिसको सामाजिक व्यवहार परिवर्तन नगरी पोषणमा सुधार ल्याउन नसकिने धारणा राख्नुभयो ।

प्रकाशित मिति: २०२४-०४-२६ , समय : १६:५८:०० , २ हप्ता अगाडि