सहकारीलाई ईटिडियस सम्बन्धी तालिम

ईनेपालपत्र संबाददाता , ८५  पटक हेरिएको

लेटाङ, १४ बैशाख । लेटाङ नगरपालिकामा रहेका सहकारी संस्थाहरुलाई ईटिडियस (ETDS) सम्बन्धी जानकारी दिने उदेश्यले १ दिने प्रयोगात्मक कर शिक्षा कार्यक्रम आयोजना गरिएको छ ।

करदाता सेवा कार्यालय पथरीशनिश्चरे मोरङको सहजिकरण तथा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवार कार्यक्रम गरिएको हो । करदाता सेवा कार्यालय पथरीका कर अधिकृत आशिष राई र सुचना अधिकारी शेखर ओलीले सहजिकराण् गर्नुभएको कार्यक्रममा लेटाङका सहकारीका अध्यक्ष, सचिव, ब्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता थियो । तलव दाखिला गर्ने वितिकै ईटिडियसमा गएर सो को विवरण भरेर जरिवाना लाग्न वाट जोगिन साथै सरकारको कर सम्वन्धी लक्ष्य पुरा गर्नका लागि यो ईटिडियस भर्नु पर्ने वताउनुभयो ।

लेटाङ उद्योग वाणिज्य संघले लेटाङमा ब्यापारी तथा अन्य संघ संस्थाका लागि कर सम्बन्धी कार्यक्रम गरिआएको छ । केही समय पछि व्यापारीहरुका लागि कर शिक्षा कार्यक्रम ल्याउन लागिएकोसमेत कार्यक्रममा लेटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०४-२६ , समय : १६:३७:५३ , १ हप्ता अगाडि