एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवारः काेही पार्टी सदस्य नै नभएका, काेही ‘फरार’ सूचीमा

Enepal Patra Pvt. Ltd. , २६०  पटक हेरिएको

ओखलढुंगा । नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबाेल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष माेहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताकाे उम्मेदवारी परेकाे छ ।

महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन् ।

निर्वाचन समितिले बिहीबार दिउँसाे सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएकाे छ । सहमतिका लागि प्रयास भइरहेकाे एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए ।

उम्मेदवार पार्टी सदस्य नभएकादेखि ‘फरार’ सम्म

एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् । उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीकाे पार्टी सदस्यता नभएकाे, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखकाे विधान अनुसारकाे याेग्यता नपुगेकाे भनेर निर्वाचन समितिले कैफियत लेखेकाे छ ।

त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथाेकी प्रहरीकाे फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनकाे वारेसबाट उम्मेदवारी दर्ता गरिएकाे छ ।

प्रकाशित मिति: २०२१-११-११ , समय : १०:२१:२८ , २ वर्ष अगाडि