नेपाली क्रिकेटका कप्तान पारस खड्काद्धारा राजिनामा

Enepal Patra Pvt. Ltd. , ९४६  पटक हेरिएको

काठमाडौं २८ अशाेज । नेपाली क्रिकेटका कप्तान पारस खड्काले राष्ट्रिय टिमको नेतृत्व छाडेका छन् । भर्खरै उनले आफ्नो सामाजिक सन्जाल फेसबुक पेजबाट उक्त पद त्यागेको घोषणा गरेका हुन् ।

झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका कप्तान खड्काको नेतृत्वमा नेपाली राष्ट्रिय टिमले धेरै स्थानमा सफलता हासिल गरेको छ ।

हिजो मात्रै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा गरेको भोलीपल्टै किन उनले राजिनामा दिए भन्ने कुरा खुलेको छैन ।

प्रकाशित मिति: २०१९-१०-१५ , समय : १२:४६:०१ , ५ वर्ष अगाडि