पथरीशनिश्चरे नगर सभापतिमा लोकनाथ खरेल सबैभन्दा अघि

Enepal Patra Pvt. Ltd. , ७४९  पटक हेरिएको

उर्लाबारी(मोरङ), १४ असोज । मोरङको पथरीशनिश्चरे १ का युवा नेता लोकनाथ खरेलले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगर सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । वडा अधिवेशनमा दोस्रो लोकप्रिय मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित खरेल यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । दुई साता अघि पथरी उद्योग वाणिज्य संघको चुनाबमा साझा प्यानललाई निर्वाचन जिताउन खरेलले नेतृत्व सम्हाल्नु भएको थियो ।
पथरी बजारमा ब्यापारसँगै राजनीतिलाई अगाडि बढाउनु भएका खरेल कांग्रेस राजनीतमा चिर परिचित नाम हो । लाभ लिन भन्दा साथीभाई र दिनदूखीलाई सहयोग गर्ने खरेलको स्वभावले नगरका क्षेत्रीय प्रतिनिधि अबको सभापति खरेल नै हुने दाबी गर्छन् । हाल देखिएका उम्मेद्वार मध्ये खरेल सबैभन्दा खटालु हुनुहुन्छ । न उहाँ सरकारी जागिर खान विद्यालय वा कार्यालय धाउनु हुन्छ , न परिवार भेट्न जिल्ला बाहिर जानु हुन्छ । उहाँको सबैथोक पथरीशनिश्चरे नगर भित्रै छ ।
कांग्रेसी परिवारमा जन्मिएका खरेलले २०४२ साल देखि कांग्रेसका सबै राजनीतिक गतिविधिलाई नजिकबाट देख्नु भएको छ । पढ्नु भएको छ र जान्नु भएको छ । १५वर्षको उमेरमा नेविसङ्घको स्कुल इकाईमा काम गर्नु भएका ५१ वर्षीय खरेल २०४७ सालमा मोरङको नेविसङ्घ जिल्ला सदस्य बन्नुभयो । स्नातक तह उत्तीर्ण गर्नुभएका खरेल युवा होस या वृद्ध ,श्रमजीबी हुन वा किसान सबैसँग समान सम्बन्ध स्थापना गर्न सफल हार्डवेयर ब्यावसायी हुनुहुन्छ । राजनीतिलाई कमाउने साधनका रुपमा प्रयोग गर्नु हुन्न भन्ने आदर्शबाट प्रेरित खरेलले पथरीशनिश्चरेका अधिकांश संघ संस्थामा जोडिएर सामाजिक काम गर्नु भएको छ । पथरी जेसीजको संस्थापक सदस्य, पथरी बहुमुखी क्याम्पसको पूर्व सञ्चालक सदस्य भएर काम गर्नु भएका खरेल हाल क्रिशत्ति साकोसको अध्यक्ष हुनुहुन्छ । जानेर होस वा नजानी सधैं कांग्रेसको स्थायी कार्यकर्ता बन्नु भएका खरेल हाल सम्म लाभको पदमा बस्नु भएको छैन् । त्यति मात्र होइन । कांग्रेसको गोडमेल गर्ने बाहेक उहाँले पार्टीको तर्फबाट कुनै पनि काम गर्ने अवसर पाउनु भएको छैन् । भन्नुहुन्छ– आस्थाले कांग्रेस बनेको हुँ । पार्टीले के दियो भन्दा पनि के दिन सकिरहेको छु भन्ने लाग्छ । २०४२ देखि पार्टीसँग जोडिएको हुँ । ५१ वर्षको उमेरमा नगर सभापतिमा उठ्नु पर्छ भनेर साथीभाइले सुझाएपछि उम्मेद्वार बन्न लागेको हुँ । एक पटक अवसर पाएँ भने काम गरेर देखाउने छु । खरेलले भन्नुभयो – दोहोर्‍याएर , तेर्‍याएर सभापति हुने पनि छन् ।तर मैले एक पटकलाई अवसर मागेको हुँ ।
चुनाब जितेपछि के गर्नुहुन्छ भन्ने जिज्ञाषामा खरेलको जवाफ छ – सबैभन्दा पहिले क्रियाशील सदस्या प्राप्ति सम्बन्धी एउटा मापदण्ड बनाएर पार्टीको नगर सम्मेलनबाट पारित गर्नेछु ।पार्टीमा सामूहिक छलफलबाट निर्णय गर्ने परम्पराको थालनी गर्नेछु । कांग्रेस पार्टी अब २०१७/१८ को ढाँचाबाट चल्दैन । पार्टीको आफ्नो कार्यलय छैन् ।भएको क्षेत्रीय कार्यालयको अवस्था देख्दा दुख लागेर आउँछ । राज्य पुनर्संरचना भएर निर्वाचन क्षेत्र नं. ३ भएको ५ वर्ष भयो । तर, अझै सम्म क्षेत्रीय कार्यालयको वोर्ड फेर्न सकेका छैनन् । रंगरोगन र कार्यालय ब्यवस्थापन टाढाको कुरा भयो । मेरो टिमले चुनाव जित्यो भने ५ वर्षको अवधिमा आफ्नै कार्यालय ब्यवस्थापन गर्न पहल गर्ने छु । अबको ६ महिना पछि स्थानीय र त्यसपछि संघ र प्रदेशको निर्वाचन हुँदैछन् । त्यसबेला रुख चिन्ह लिएर आउने उम्मेद्वारलाई जिताउने मेरो प्रमुख जिम्मेवारी हुनेछ । हामीले पार्टीको केन्द्रीय समितिले सिफारिस गरेको उम्मेद्वार जो भए पनि तन, मन र धनले सहयोग गर्नुपर्छ । जसले जति फुर्ति लगाए पनि पार्टीको मेरुदण्ड भनेको नै वडा र गाउँ/नगर हो । वडा र गाउँ/ नगर बलियो बनाउन गाउँ/नगरमा सबै तह र तप्कामा चिर परिचित ब्यक्ति चाहिन्छ । यि सबै भूमिकामा मेरो योग्यता पुगेको छ भनेर नै उम्मेद्वारी घोषणा गरेको हुँ ।
खरेलले भन्नुभयो – म कुनै गुट वा समूहमा छैन् । म मात्र नेपाली कांग्रेस हुँ । ब्यक्तिगत रुपमा म सँग कोही अलि नजिक र टाढा छु होला ।तर त्यसैका आधारमा मलाई कसैले कुनै गुटको ट्याग लगाए भने म उनीहरूसँग झगडा गर्न जान्न । उनीहरूसँग सहकार्य गरेर अगाडि बढ्ने छु ।

 

प्रकाशित मिति: २०२१-०९-३० , समय : १०:५९:२० , ३ वर्ष अगाडि