हरि कोइराला ,
रतुवामाई(मोरङ), २४ असार । बैदेशिक रोजगारमा डेढ दशक पसिना बगाएर स्वदेश फर्किएका कार्की दाजुभाइले मोरङको रतुवामाई–८ झुनावारीमा ७ करोड २५ लाख रुपियाँ लगानी गरी बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।
झुनाबारीको दुई बाली धान फल्ने ९ विगाहा खेत प्रति विगाहा ४२ लाख रुपियाँका दरले खरिद गरेर उहाँहरूले सोही जग्गामा कृषि तथा पशुपालन उद्यम सुरु गर्नु भएको हो । अहिले १ हजार बङ्गुर,६ सय बोयर बाख्रा,४ सय टर्की, २ सय स्थानीय कुखुरा ,६ सय कडकनाथ पाल्न सकिने गरी अलग अलग बिशाल गोठ निर्माण भइरहेका छन् । गत वर्ष काम सुरु गरेपछि देशमा सुरु भएको बन्दाबन्दीले उहाँहरूलाई ६ महिना पछि थकेल्यो । बङ्गुरका पाठा गोठमा हाल्न ढिलो भयो । यतिबेला सम्ममा पाठा पाठी उत्पादन गरेर बजार पठाउने लक्ष्य थियो । तर, गोठको संरचना बनाउन बन्दाबन्दीले पाइएन भने पाठापाठी सप्लायर्सले पाठापाठी पनि दिन सकेन । सञ्चालक शैलेन्द्र कार्कीले भन्नुभयो–अष्ट्रेलिया र साउथ अफ्रिकाबाट शत प्रतिशत बोयर बाख्रा र बोका माग गरेका थियौं । बन्दाबन्दीका कारण सप्लायर्सले ल्याइदिन सकेन ।त्यस्तै १ विगाहा जग्गामा दुई वटा माछापोखरी निर्माण गरिएको छ । पोखरीमा विभिन्न ६ प्रजातिका माछा हालेको सञ्चालक शैलेन्द्र कार्कीले बताउनु भयो । १० वर्ष भारतमा होटल ब्यवसाय गरेर फर्कनु भएका कार्कीले भन्नुभयो–फेरि भारत नफर्किने निर्णय गरें । दाजुभाइ मिलेर कृषि र पशुपालनका क्षेत्रमा रोजगार सिर्जना गर्ने गरी ब्यावसाय थालेका हौं । उहाँका भाइ टेकराज कार्कीले १२ वर्ष न्युजिल्याण्ड बसेर कमाएको सबै पैसा कृषि उद्यममा लगानी गर्नु भएको छ । उहाँले भन्नुभयो– ३ वर्ष भित्र १२ करोड लगानी पु¥याउने र वार्षिक १ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य छ । टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रुपमा समृद्ध बन्ने सपना देख्नुभएको छ । ११ वर्ष दुवई ,कतार र मलेशिया बसेपछि उहाँको बैदेशिक रोजगारको यात्रामा पूर्ण विराम लागेको छ । उहाँले भन्नुभयो – बिदेशमा दैनिक १४ घण्टा सम्म काम गरियो । स्वदेशमा त्यति नै समय लगानी गर्दा यहीँ २÷४ लाख कमाउन सकिन्छ होला । उहाँले बिदेशमा कमाएको सबै पैसा बहुदेश्यीय कृषि फर्ममा लगानी गरेको बताउनु भयो । गत वर्षको माघमा फर्म दर्ता गरेर ब्यवसाय सुरु गर्नु भएका कार्की दाजुभाइलाई उहाँहरूका मामा राजेन्द्र बुढाथोकीले समेत साझेदारको रुपमा सहयोग गर्नु भएको छ । बुढाथोकी पनि ८ वर्ष साउदीअरवमा पसिना बगाएर फर्किनु भएको हो ।
उहाँहरूले बोयर बाख्रा आइहाल्छ भनेर गत वर्ष नै तीन विगाहा जमीनमा सुपर नेपियर जातको घाँस लगाउनु भएको थियो ,। अहिले उहाँहरू त्यही घाँस बिक्री गरिरहनु भएको छ । अढाई लाख रुपियाँका घाँसका बिरुवा बिक्री गरिसकेको सञ्चालक सुमन कार्कीले बताउनु भयो ।
उहाँहरूले अहिले सम्म बैंकबाट ऋण लिनु भएको छैन । शैलेन्द्र कार्कीले भन्नुभयो – बन्दाबन्दीले बाख्रा र बङ्गुर हाल्न ढिलाई भयो । त्यसैले केही घाटा ब्योहोर्नु प¥यो । फेरि बन्दाबन्दी सुरु हुँदा उहाँहरूलाई पुन काम रोकिएला कि भन्ने चिन्ता छ । यद्यपि सबै लगानी आफ्नै भएकोले बैंकले पत्र पठाउँला भन्ने डर छैन् । बन्दाबन्दीले काम रोकिएन भने जेठको पहिलो साता बोयर बाख्रा,बङ्गुर र टर्की गोठमा हालिसक्ने शैलेन्द्र सुनाउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.