नेपालले थाइल्याण्डलाई १९ रनममै समेट्यो

Enepal Patra Pvt. Ltd. , ५७६  पटक हेरिएको

काठमाडौ, २  माघ  । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई १९ रनमा समेटेको छ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपाली बलरसामू निरिह बने।

थाइल्याण्डले निर्धारित २० ओभरको खेलमा थाइल्याण्डले १५।४ ओभरमा सबै विकेट गुमाउँदै १९ रनमा समेटियो।

थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले २-२ विकेट लिँदा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले १-१ विकेट लिए।

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक ४ रन बनाइन्। नेपालले अतिरिक्तबाट ५ रन दिएको थियो।

थाइल्याण्डका ५ खेलाडी शून्यमा आउट भए।

यसअघिका तीनै खेलमा लगातार जित निकालेको नेपाल थाइल्याण्डलाई हराए समूह विजेताको रूपमा समिफाइनला पुग्नेछ।

थाइल्याण्ड भने प्रतियोगितामा दोस्रो जितको खोजीमा हुनेछ। यसअघि तीन खेलबाट थाइल्याण्डले २ अंक जोडेको छ। यद्यपी ऊ प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स ९युएइ० यसअघि नै प्रवेश गरिसकेका छन्। नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ।

अङ्क तालिकामा युएई शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो। आइतबारको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो। सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो।

प्रकाशित मिति: २०१९-०१-१६ , समय : १७:३७:२२ , ५ वर्ष अगाडि