लुथरनद्वारा नगर अस्पताललाई सहयोग

Enepal Patra Pvt. Ltd. , १०१८  पटक हेरिएको

पथरीशनिश्चरे, १९ जेठ ।

लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङले बुधबार जिल्लाको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमित उपचारका लागि सञ्चालनमा रहेको आइसोलेसनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

संस्थाका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई सामग्री हस्तान्तरण गरेका छन् ।

जसमा, पीपीइ १० सेट, एन्टिजिन किट ३० सेट, भीटीएम किट ५० सेट तथा अक्सिमिटर, भ्यापोराइजर र थर्मल थन २÷२ सेट, सर्जिकल मास्क ५ सय थानका साथै ग्लोब र सेनिटाइजर प्रदान गरिएको हो ।

यसैबीच, १ नम्बर प्रदेशको प्रदेश आपूर्ति केन्द्रले आइसोलेसनका लागि ४ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नगरमा अत्याधुनिक ३ र अन्य २२ गरी २५ वटा सिलिण्डर संकलन भएको छ ।

प्रकाशित मिति: २०२१-०६-०२ , समय : २०:२५:१५ , ३ वर्ष अगाडि