९ नं. वडा कार्यालयको भवन सिलन्यास

Enepal Patra Pvt. Ltd. , ५२०  पटक हेरिएको

लेटाङ , २८ चैत । लेटाङ नगरपालिका वडा नं ९ को कार्यलय भवन आज सिलन्यास गरिएको छ । जम्मा ५ कटठा क्षेत्रफलमा ८२ लाखको लागतमा बाराजी कंस्ट्रक्सनले निर्माणको जिम्मा पाएको सो भवनको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिलन्यास गर्नुभयो । उक्त भवन २०७८ असार मसान्त सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहालले जनाउनुभयो ।
सिलन्यास कार्यक्रममा लेटाङ नगरउपप्रमुख कृष्ण कुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल , वडा नं. अध्यक्ष कृष्ण प्रसाद लुईटेल , उक्त भवन निर्माणको जिम्मा पाउनुभएका निर्माण व्यवसायि खडग श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०२१-०४-१० , समय : १८:१४:०० , ३ वर्ष अगाडि