राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान

Enepal Patra Pvt. Ltd. , ११५१  पटक हेरिएको

कानेपोखरी(मोरङ),१९ चैत । मोरङको कानेपोखरी–७ का दुई वटा सहकारी संस्थाले बिहीबार संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. र मातृभुमि कृषि सहकारी संस्था लि.ले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।जनमुखी साकोसको प्राङ्गणमा भएको रक्तदानमा कार्यक्रममा ३२ जनाले रगत दान गर्नुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उप शाखाको प्राविधिक सहयोग रहेको जनमुखी साकोसका अध्यक्ष सञ्जीव खड्काले बताउनु भयो । सहकारी संस्थाले सामाजिक सेवा अन्र्तगत हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०४-०१ , समय : १७:१७:४५ , ३ वर्ष अगाडि