डाँगीहाट यूथ क्लबका सचिव बस्नेतले दिए राजिनामा

Enepal Patra Pvt. Ltd. , २१९८  पटक हेरिएको

बेलबारी, ८ फागुन । मोरङको बेलबारीस्थित डाँगीहाट यूथ क्लबका सचिव शम्भु बस्नेतले पदबाट राजिनामा दिनु भएको छ ।
बस्नेतले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै पदबाट राजिनामा दिएको जानकारी गराउनु भएको हो । बस्नेत बेलबारी ११ को लक्ष्मीमार्गमा कार्यालय रहेको डाँगीहाट यूथ क्लबको सस्थापक सदस्य हुनुहुन्थ्यो । सदस्यबाट सह–सचिब हुँदै गत माघ ३ गते सचिवको जिम्मेबारी सम्हाल्नु भएका बस्नेत राजिनामा दिनुको कारण भने घरायसी,पारिवारिक ब्यस्तता उल्लेख गर्नु भएको छ । डाँगीहाट युथ क्लबले केही वर्षयता डाँगीहाट गोल्डकपको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: २०२१-०२-२० , समय : १६:२७:४५ , ३ वर्ष अगाडि