बेलबारी फाईनल प्रबेश

Enepal Patra Pvt. Ltd. , ६६२  पटक हेरिएको

लेटाङ, २९ माघ । लेटाङमा जारी नकआउट फूटबल प्रतियोगिताको आजको सेमिफाईनल खेलमा बेलबारी फूटबल क्लब बिजय भएको छ । यो संगै बेलबारी फाईनल प्रबेस गरेको छ ।

फाईनल खेलका लागि बेलबारी फूटबल क्लब र नक्सलबारी फूटबल क्लब बिच भएको प्रतिस्पर्धामा दोश्रो हाफको १० औ मिनेटमा जर्सी नं २ का सुमन श्रेष्ठले गरेको गोल निर्णायक बन्यो ।

आजको खेलमा बेलबारी फूटबल क्लबका जर्सी नं २ सुमन श्रेष्ठ म्यान अफ द म्याच घोसित भए । उनलाई आजका प्रमुख अतिथी लोकतान्त्रिक फूटबल संघका अध्यक्ष खड्ग श्रेष्ठले पुरस्कृत गरे ।

फाईनल खेल पर्सि सनिबार सनराईज युनाईटेड क्लब कमलपुर र बेलबारी फूटबल क्लब बिच हुनेछ ।
लेटाङ नगरपालिकाको सहयोगमा भएको उक्त फूटबलको बिजेताले ४० हजार पुरस्कार पाउने छ भने उपबिजेताले २० हजार सहित ट्रफी प्राप्त गर्नेछ ।

प्रकाशित मिति: २०२१-०२-११ , समय : २०:०९:०० , ३ वर्ष अगाडि