९२ वर्षको उमेरमा दूग्ध सहकारीको अध्यक्ष

Enepal Patra Pvt. Ltd. , ९०३  पटक हेरिएको

हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ), २७ माघ । मोरङको कानेपाखरी–३ स्थित सिंहदेबी दूग्ध उत्पादक सहकारी संस्था लि.को अध्यक्षमा ९२ वर्षीय नन्दु साह तेली निर्वाचित हुनु भएको छ । उहाँले ५० वर्ष नकट्नु भएका सोमबहादुर पौडेललाई २ मतले पराजित गर्नु भएको हो ।
९२ वर्षको उमेरमा सहकारीको अध्यक्षमा निर्वाचित साहले काम गर्न उमेरले नछेक्ने बताउनु भयो । उहाँले भन्नुभयो –९२ वर्षको त भएँ नि तर,अझै साइकल चढेर हिडिरहेको छु । दूग्ध उत्पादनका लागि पशुपालक किसानहरूलाई सहुलियत कर्जा, दूध ढुवानीका लागि सवारी साधन खरिद र संस्था सञ्चालन खर्च कटौति गरी सदस्यलाई समृद्ध बनाउने आफ्नो योजना रहेको उहाँको भनाई छ ।
वार्षिक १ हजार ५ सय लिटर भन्दा कम दूध बिक्री गर्ने सदस्यले पदाधिकारीमा उठ्न नपाउने नीतिगत ब्यवस्था रहेको निर्वाचन समिति सदस्य हेमचन्द्र भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०२-०९ , समय : २०:०१:०२ , ३ वर्ष अगाडि