सैनिक फुटबल क्लब झापा सेमिफाइनल प्रवेश

Enepal Patra Pvt. Ltd. , ६८१  पटक हेरिएको

कानेपोखरी(मोरङ), २६ माघ । सैनिक फुटबल क्लब झापा मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को सेमिफाइनल प्रवेश गरेको छ ।
मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा जारी आजको खेलमा २–१ गोलले डाँगीहाट फुटबल क्लब बेलबारीलाई पराजित गर्दै सैनिक फुटबल क्लबले सेमिफाइनका लागि स्थान सुरक्षित गरेको हो ।खेलको ३० औं मिनेटमा डाँगीहाटका मनिष थापाले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । मध्यान्तर अघि डाँगीहाटले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको ४६ औं मिनेटमा सैनिक फुटबल क्लबले बराबरी गोेल फर्कायो ।सैनिकका लागि बिशाल दर्जीले गोल गरेका थिए । ५४ औं मिनेटमा सैनिक फुटबल क्लब झापाका रोमन भुजेलले गोल गर्दै अग्रता दोब्बर बनाए । २–१ ले पछि परेको डाँगीहाटले खेलको अन्तिम समयमा राम्रा अवसर निकाले पनि सैनिकका गोल रक्षक विप्लब गुरुङले सबै प्रहारलाई नियन्त्रणमा लिए ।
आजको खेलमा सैनिक फुटबल क्लबका विकेस लिम्बू म्यान अफ द म्याच घोषित भए । मङ्गलबार धरान सिटी एकाडेमी र ब्वाइज युनाइटेड क्लब काठमाडौं बीच खेल हुनेछ ।

 

प्रकाशित मिति: २०२१-०२-०८ , समय : १८:१०:११ , ३ वर्ष अगाडि