चौबीस घण्टामा ४०३ जना सङ्क्रमित थपिए, ४०५ जना निको भए

Enepal Patra Pvt. Ltd. , ४१५  पटक हेरिएको

काठमाडौं, माघ १ गते । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ५४६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

यसैगरी हालसम्म दुई लाख ६० हजार १७७ जना सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ ।

प्रकाशित मिति: २०२१-०१-१४ , समय : २०:३०:३१ , ३ वर्ष अगाडि