संसद् विघटनविरुद्ध मोरङका बाह्र स्थानमा आज कांग्रेसको विरोध सभा, कहाँ कुन नेताले गर्दैछन् सम्बोधन ?

Enepal Patra Pvt. Ltd. , ३५१  पटक हेरिएको

मोरङ । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ ।

नेपाली कांग्रेस मोरङ जिल्ला कमिटिले केन्द्रको निर्देशन अनुसार मोरङको ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेश सभा क्षेत्रमा आयोजना हुने विरोध कार्यक्रमको लागि विरोध सभालाई सम्बोधन गर्न वक्ताहरु समेतको टुङ्गो लगाईसकेको नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिक बहादुर लिम्बूले बताए ।

लिम्बूका अनुसार आज (शनिबार)  पौष २५ गते हुने विरोध सभामा सम्बोधन गर्न मोरङका विभिन्न क्षेत्रमा हुने विरोध सभाको  मोरङको निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, प्रदेश सभा (ख) मा प्रदेश सभा सदस्य लोकप्रशाद सङ्रौला र राम प्रशाद पोखरेल , निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (क) मा प्रदेश सभा सदस्य शिवनारायण शिह , प्रदेश सभा (ख) मा पुर्व सचिव मदन सङ्ग्रौला, निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा (क) मा महासमिति सदस्य वसन्त भट्टराई , प्रदेश सभा (ख) मा पुर्व सचिव यदु विष्टले सम्बोधन गर्ने छन ।

साथै निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा (क) मा मोरङ जिल्ला सभापति डिक बहादुर लिम्बु, प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य महेश आचार्य, निर्वाचन क्षेत्र नं ५ प्रदेश सभा (क) मा मोरङ जिल्ला सचिव मोदराज घिमिरे, प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य अमृत अर्याल र निर्वाचन क्षेत्र नं ६ प्रदेश सभा (क) मा जिल्ला सचिव नागेश कोइराला र महासमिती सदस्य गोपालमान भण्डारी, प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य शेखर कोइरालाले सम्बोधन गर्नेछन ।

मोरङको ६ वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सरकार विरुद्ध विरोध सभा  हुँदैछ । जसमा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) को उर्लाबारी बजारमा , प्रदेश सभा (ख) को केराबारी बजारमा, निर्वाचन क्षेत्र नं २ (क) को रतुवामाईको डाम्राभिट्टामा , प्रदेश सभा (ख) को रंगेलीको दर्वेशामा , निर्वाचन क्षेत्र नं ३ (क) को पथरीशनीश्चरेको शनीश्चरे बजारमा, प्रदेश सभा (ख) को सुन्दरहरैचा स्थित सलकपुरमा , निर्वाचन क्षेत्र नं ४ (क) को ग्रामथान स्थित नेताचौकमा , प्रदेश सभा (ख) को विराटनगर स्थित हाटखोलामा, निर्वाचन क्षेत्र नं ५ (क) को रंगेली स्थित काली मन्दिरामा, प्रदेश सभा (ख) को विराटनगर स्थित रानीमा र निर्वाचन क्षेत्र नं ६ (क) को सुन्दरहरैचा स्थित गछियामा र प्रदेश सभा (ख) को विराटनगर स्थित हनुमान मन्दिरामा विरोध सभा कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति: २०२१-०१-०९ , समय : ११:३३:०६ , ३ वर्ष अगाडि